गृहपृष्ठ प्रदेश ५ का मुख्यमन्त्री, सभामुख र उपसभामुख विरुद्ध रिट दायर
प्रदेश ५ का मुख्यमन्त्री, सभामुख र उपसभामुख विरुद्ध रिट दायर
प्रदेश नम्बर ५ को प्रदेशसभामा सभामुख र उपसभामुख एउटै दलका भएको भन्दै नेपाली कांग्रेसले उच्च अदालत तुलसीपुर बुटवल इजलासमा रिट दायर गरेको छ ।
संवैधानिक व्यवस्था अनुसार सभामुख र उपसभामुख फरक फरक दल र फरक लिंगका हुनुपर्ने भन्दै नेपाली कांग्रेसकी प्रदेश सभा सदस्य रिनानेपाल विश्वकर्माले रिट दायर गरेकी हुन् ।
रिटमा प्रदेशसभा सचिवालय, प्रदेश नम्वर ५ का मुख्यमन्त्री शंकर पोखरेल, प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्ती र उपसभामुख कृष्णी थारुलाई विपक्षी बनाइएको छ ।
प्रकाशित समय ०९:३३ बजे
















