गृहपृष्ठ सम्पत्ति विवरणमा कडाइ गर्दै सरकार

सम्पत्ति विवरणमा कडाइ गर्दै सरकार

law-minister शेरबहादुर तामाङ, कानून, न्याय तथा संसदीय मामिला मन्त्री

सार्वजनिक पद धारण गर्ने व्यक्तिले सार्वजनिक गर्ने सम्पत्ति विवरणमाथि सरकारले कडाइ गर्ने भएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयबाट मन्त्रिपरिषदमा पुगेको यस्तो विधेयक पारित भएपछि सम्पत्ति विवरण हालको जस्तो औपचारिकतामा मात्र सीमित हुने छैन ।

सार्वजनिक पद धारण गर्ने प्रधानमन्त्रीदेखि मन्त्री, सांसद, कर्मचारी, सेना, प्रहरी, शिक्षक सबैले पदमा रहनुअघि र पद छाडेपछि पनि सम्पत्ति विवरण बुझाउनैपर्ने कानुन ल्याउन लागिएको हो । यसअघि, यस विषयमा स्पष्ट कानुन नभएको र उल्लंघन गर्नेलाई कारबाहीको कानुनसमेत कमजोर हुँदा सम्पत्ति विवरण औपचारिकतामा सीमित बनेको थियो ।

पूर्व कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङ आफू कानुनमन्त्री भएपछि न्यायाधीशहरुको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने निर्णय गराएको बताउँछन् । विवरण सार्वजनिक नगर्ने ३२ जनालाई ५ हजारका दरले जरिवाना गराएको उनले बताए ।

बंगलादेशमा अध्ययनरत नेपाली छात्राबारे आपत्तिजनक अभिव्यक्ति दिएपछि उनी विवादमा तानिएका थिए । त्यसपछि उनले गत साता राजीनामा दिएका हुन् ।
(पूर्वमन्त्री तामाङसँगको विस्तृत अन्तरवार्ता प्रतीक्षा गर्नुहोला ।)

प्रकाशित समय २०:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु