गृहपृष्ठ धाङ्सी खोलामा विसर्जन गरियो काँग्रेस नेता खड्काको अस्तु

धाङ्सी खोलामा विसर्जन गरियो काँग्रेस नेता खड्काको अस्तु

रोल्पा । नेपाली कांग्रेस रोल्पाले खुमबहादुर खड्काको १३ औं पुण्य तिथीको अवसर पारेर बुधबार उनको अस्तु धाङ्सी खोलामा विसर्जन गरेको छ ।
नेपाली कांग्रेस रोल्पाका सभापति एवम् पूर्व सिंचाई राज्यमन्त्री अमरसिंह पुनको अध्यक्षता तथा नेपाली कांग्रेसका पूर्व सांसद लेखनाथ आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न शोक सभाले उहाँको अस्तु धाङ्सी खोलामा विसर्जन गरेको हो ।
शोकसभामा बोल्दै प्रमुख अतिथि आचार्यले खड्काको अल्पआयुमा भएको दुःखद निधनले देशलाई नै अतुलनीय क्षती भएको बताए । उनले खड्का हिमाल, पहाड, तराईलाई समेटेर लैजान सक्ने नेता भएको भन्दै उनको योगदानको उच्च मूल्यांकन तथा उच्च कदर गर्नुपर्नेमा जोड दिए ।
यसैवीच कार्यक्रममा बोल्दै सभापति पुनले खड्का कुशल संगठन कर्ता, निडर ब्यक्तित्व भएको हुँदा दाङ आसपासका जिल्लाले अभिभावक गुमाएको बताउदै उनले देखाएको बाटोमा हिड्नसकेमात्र उनमा वास्तविक श्रद्धाञ्जली अर्पण हुने बताएका थिए ।
कार्यक्रममा नेपाली कांग्रेस रोल्पाका निवर्तमान सभापति कृष्णबहादुर घर्तीमगर, नेपाल महिला संघका केन्द्रिय सदस्य मिश्री हमाल, नेपाली कांग्रेसका निवर्तमान अञ्चल समिति सदस्य तथा वर्तमान जिल्ला कार्य समिति सल्लाहकार टेकबहादुर बस्नेत, नेपाल शिक्षक संघका अध्यक्ष मिलन मल्ल लगायत जिल्ला कार्य समितिका पदाधिकारीहरु, महाधिवेशन तथा महासमिति प्रतिनिधिहरु भातृ एवम् शुभेच्छुक संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन नेपाली कांग्रेस रोल्पाका सदस्य कविता उपाध्यायले गरेकी थिइन् ।

प्रकाशित समय १२:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु