गृहपृष्ठ सरकारको ‘रिपोर्ट कार्ड’ सार्वजनिक
सरकारको ‘रिपोर्ट कार्ड’ सार्वजनिक
सिन्डिकेटको अन्त्यदेखि सुन तस्करमाथि कारबाहीसम्म मुख्य प्रगति दावी
सरकारले गठन भएको पाँच महिनामा कार्यप्रगति विवरण सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सोमबार ‘रिपोर्ट कार्ड’ जारी गर्दै प्रगति विवरण सार्वजनिक गरेको हो ।
७२ पृष्ठको रिपोर्ट कार्डमा सरकारको कार्यप्रगति विवरणमा सिन्डिकेटको अन्त्यदेखि सुन तस्करमाथि कारबाहीसम्म विषय समेटिएको छ । विकास निर्माणका काममा द्रुतता, औचित्यहीन विदेश भ्रमण नियन्त्रण, सुरक्षाकर्मी दुरुपयोग अन्त्यलगायतका विषयलाई सरकारले रिर्पाेर्ट कार्डमा प्रमुखताका साथ उल्लेख गरेको छ ।
त्यस्तै सामाजिक सुरक्षा भत्तामा पारदर्शीता र राजदूत नियुक्तीमा मापदण्ड तय गरिएको विषयलाई पनि सरकारले मुख्य कामको सूचीमा राखेको छ । रिर्पाेट कार्डलाई सुशासनको लागि मानक थालनी भन्ने नारा दिईएको छ ।
सरकारले सुन तस्करहरूलाई कारबाही गरिएको भनेर रिपोर्ट कार्ड बाँढेको भए पनि बहुचर्चित ३३ किलो सुन तस्करीका नाइकेमाथि कारबाही हुन सकेको छैन । यस विषयमा सोमबारको संसद बैठकमा कांग्रेस सांसद संञ्जय गौतमले प्रश्न उठाएका थिए ।
प्रकाशित समय १७:२७ बजे