गृहपृष्ठ अर्थ मन्त्रालयलाई अर्थ समितिको निर्देशन : दोहोरो कर हटाउ

अर्थ मन्त्रालयलाई अर्थ समितिको निर्देशन : दोहोरो कर हटाउ

parliament_nepal

 

संसदको अर्थ समितिले अर्थ मन्त्रालयलाई दोहोरो कर हटाउन निर्देशन दिएको छ । मुलुक संघीयतामा गएपछि केन्द्र प्रदेश तथा स्थानीय तहले विभिन्न कर निर्धारण गर्दै आएका थिए । तर, करको बोझ बढेको भन्दै सर्वत्र आलोचना भइरहँदा समितिले अर्थ मन्त्रालयलाई दोहोरो कर हटाउन निर्देशन दिएको हो ।

हाल प्रदेश तथा स्थानीय तहले विभिन्न क्षेत्रमा कर लगाउँदा सेवाग्राहीले एउटै विषयमा दोहोरो कर तिर्नुपर्ने वाद्यता छ । त्यसको अन्त्यका लागि समितिले मन्त्रालयलाई मंगलबार निर्देशन दिएको हो । संघ, प्रदेश र स्थानीय तहले जथाभावी कर लगाएका कारण सेवाग्राहीले दोहोरो कर तिर्नु परिरहेको भन्दै समन्वय गरेर त्यसको अन्त्य गर्न निर्देशन दिएको हो ।

अर्थ मन्त्री सरकारले संवैधानिक र कानुनी व्यवस्था अनुरुपनै कर उठाएको बताउदै आएपनि समितिले एकै प्रकृतिका वस्तु तथा सेवामा विभन्नि तहमा नागरिकको आर्थिक क्षमता विपरित कर निर्धारण गर्नु प्रचलित कानुन र सिद्दान्त विपरित हुने उल्लेख गरेको छ । यसका साथै अधिकार क्षेत्रभित्रकै कर भएपनि अस्वाभाविक दर खारेज गर्न समेत सरकारलाई समितिले निर्देशन दिएको छ ।

प्रकाशित समय १७:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु