गृहपृष्ठ देउवाको प्रश्न : न्याय माग्दा गोली ठोकेर नेपाली सुखी हुन्छन् ?

देउवाको प्रश्न : न्याय माग्दा गोली ठोकेर नेपाली सुखी हुन्छन् ?

'कञ्चनपुर घटनामा सरकारको ज्यादती खेदजनक'

संसदको प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको चर्को आलोचना गरेका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोलेका देउवाले अधिकांश समय सरकारको आलोचनामै खर्च गरे ।

 

मुलुकमा महिला, बालबालिका मारिएको तथा बलात्कार भइरहँदा पनि सरकार मुकदर्शक देखिएको उनले टिप्पणी गरे । बरु अपराधीलाई संरक्षण गर्न खोजेको देउवाले आरोपसमेत लगाए । ‘बलात्कारसहितका जघन्य अपराधबाट मुक्तिका लागि न्याय माग्न जाँदा राज्यले उल्टै गोली हानेर मार्ने काम गरेको छ,’ देउवाले भने, ‘यो त अपराधीलाई संरक्षण गर्ने चाल भयो, यसको हामी भत्सर्ना गर्दछौँ ।’

 

कञ्चनपुरमा किशोरी निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कार्बाही गर्न माग गर्दै भएको हिंसात्मक घटनामा प्रहरीले गोली चलाउँदा एकजना किशोरको मृत्यु भएको थियो । ‘राज्यले नै किशोरको ज्यान लिएको छ,’ देउवाले भने, ‘न्याय मागिरहेका पीडितलाई नै ज्यान लिने यो कस्तो कानुनी राज्य हो ?’

 

सरकारले न्यायपालिकालाई कार्यपालिकाको लाचार छायाँ बनाउन खोजेको आरोप पनि देउवाले लगाए । ‘ न्यायपालिकाको भूमिका खुम्च्याउने कोसिस नगर्नुस्,’ देउवाले भने ।

प्रकाशित समय १५:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु