गृहपृष्ठ मोहियानीबापत आएको जग्गा भुमाफियाको कब्जामा

मोहियानीबापत आएको जग्गा भुमाफियाको कब्जामा

बुटवल। भुमाफियाको एक गिरोहले बुटवल–१७ मोतीपुर स्थित रानीगन्जमा स्व.घुराही थारुको नाममा रहेको जग्गा किर्ते जालसाजी गरि हडप्ने प्रयास गरेको बताइएको छ । बिसं २००४ सालदेखिका जोताहा किसान घुराही थारुले तत्कालिन स्थानिय जमिन्दार बिक्रम शाह लगाएतबाट मोहीयानी हक बापत प्राप्त गरेको सो जग्गामा केही भुमाफिया गिरोहले आ“खा गाडेको आरोप निज थारुका परिवारजनले लगाएका छन । उनिहरुले उक्त करिब ५ बिगाहा जग्गा स्थानिय चिन्तामणी पाण्डे लगाएतका ब्यक्तिहरुले किर्ते जालसाजी गरि प्लटिङ्ग गरेर बिक्रि बितरण समेत गरेको आरोप निज थारुका परिवारहरुले लगाएका छन ।
पिता घुराही थारुको हकभोग स्वामित्वमा रहेको करिब ५ बिगाह जग्गामा लामो समयदेखि भोगचलन गर्दै आएकी निजकी छोरी नवमी थारुले आफुले पाउनु पर्ने हक अधिकार भित्रको जग्गामा स्थानिय केही ब्यक्तिले कब्जा गर्ने प्रयत्न गरेको बताएकी छन । स्थानिय चिन्तामणी पाण्डे लगाएतका ब्यक्तिहरुले आफ्नो बाबुको नाममा हकभोगमा रहेको जग्गा जोरजवरजस्ती गरि कब्जा गरेको र किर्ते जालसाजी गरि नक्कली कागजात समेत बनाई बिक्रि बितरण समेत गरेको र आफुले कतैबाट पनि सहयोग नपाएको भन्दै श्रीमती थारुले पत्रकार समक्ष गुनासो समेत गरेकी छन । यसअघि न्यायका लागि अपिल गर्दै प्रहरी प्रशासन, नगरपालीका, अख्तियार, अदालत सबै धाईसकेकी उनले आफुलाई न्याय दिलाउन संचारकर्मी समक्ष आग्रह गरेकी छन ।
दाजुभाई नभएका कारण बिवाह पश्चात पनि माईतीमै बस्दै आएकी उनले भुमाफियाहरुले कब्जा गरेको आफ्नो बाबुको जग्गा फिर्ता पाउँ भनि जिल्ला अदालतमा उनिहरु बिरुद्ध मुद्धा दर्ता गराएको बताएकी छन । श्रीमती थारुले पुष्पा मल्ल, ढुण्डीराज भण्डारी, पद्मादेवी शर्मा लगाएतका बिरुद्धमा रुपन्देही जिल्ला अदालतमा मुद्धा दायर गरेको र भुमाफियाले गरेको किर्ते जालसाजीका कागजात रद्ध गरि आफ्नो नाममा जग्गाको हकभोगको अधिकार फर्काउन माग गरेकी छन । स्व. पिता घुराही थारुको नाममा रहेको साविक मोतीपुर गाबिस १ रानीगन्जमा रहेको कि.नं ३६ र ३७ अन्तर्गतको करिब ५ बिगाहको कित्ता परिवर्तन गरि कित्ताकाट गर्दै बिक्रि बितरण गरेको आरोपमा उनिहरु माथि मसद्धा दायर गरेको पनि उनले बताएकी छन ।
उनले आफ्नो बाबुको जग्गामा बस्न खान नदिने, रातरात घरगोठ जलाएर भगाउने, प्रहरी लगाएर समातेर थुनाउने, गुण्डा लगाएर भौतिक आक्रमण गराउने, मानसिक यातना दिने, लगाएतका कार्य गर्दै आएका केही बिरुद्ध पनि अर्को मुद्धा दायर गरेकी छन । स्थानिय ढुण्डीराज भण्डारी, शशि श्रेष्ठ, फर्सुराम पाण्डे, बेणीराम शर्मा घिमिरे, मुना ज्ञवाली, देवबहादुर कुँवर क्षेत्री, मनकला पाण्डे, देवप्रसाद सापकोटा, उमाकुमारी रेग्मी खराल, सिता पाण्डे, सुर्यबाहदुर राना, मनकला भुसाल, हुमलाल दरैको नाममा पनि मुद्धा दायर गरेको बताएकी छन । उनिहरुले आफ्नो घरमा आक्रमण गर्ने, आगो लगाउने, प्रहरी प्रशासन लगाएर दमन गर्ने, घरबासबाट धपाउने, उठिबास लगाउने गैरकानुनी तरिकाबाट किर्ते जालसाजी गर्ने गराउने आदी कार्य गरेको पनि उनले आरोप लगाएकी छन ।
साथै अपराध गर्न उनिहरुलाई सहयोग पुराउने हरिलाल न्यौपाने, सन्ते राना, लेखनाथ पाण्डे, दिपक न्यौपाने, बिनिता भुसाल, बिष्णु बस्नेत, पदम केसी लगाएतका ब्यक्तिहरु बिरुद्ध जिल्ला प्रशासन कार्यालय रुपन्देही र ईलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दरखास्त हालेकी छन । कतैबाट कसैले न्याय दिलाउने प्रयत्न नगरेपछि उनले अख्तियारको ढोका समेत ढकढकाउन पुगेकी छन । उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयका समेत आफुमाथि अन्याय भएको भन्दै उजुरी पेश गरेकी छन ।
जनताको जिउधनको सुरक्षा गर्ने सरकारी निकाय र संरक्षण गर्ने स्थानिय निकायबाट नै प्रताडित हुनुपरेको पीडा सुनाउँदै नवमी थारुले स्थानिय वडाका वडा अध्यक्ष नै उक्त भुमाफिया गिरोहको नेतृत्व गरेर आफुमाथि चरम दमन लगाएतका अन्यायका श्रृंखला रचेको बताएकी छन । उनले सन्ते राना भन्ने वडा नम्बर १७ का अध्यक्ष सन्तबहादुर रानाले बिपक्षीहरुको साथमा लागेर आफुमाथि घोर अन्याय गरेको समेत बताएकी छन ।

प्रकाशित समय २१:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु