गृहपृष्ठ प्रचण्ड भोलि भारत जाँदै
प्रचण्ड भोलि भारत जाँदै
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार भारत भ्रमणमा जाँदैछन् । राजनीतिक भेटघाट र अरु व्यक्तिगत कामका लागि उनी भारत जान लागेका हुन् ।
पार्टी सचिवालय र स्थायी कमिटी बैठकका लागि दाहालले भ्रमण अवधि छोट्याएका छन् । पूवनिर्धारित कार्यतालिकाको तीन दिनअगावै २६ गते उनी स्वदेश फर्किनेछन् । प्रचण्ड र पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको छलफलमा २४ गतेबाट पार्टीको बैठक बस्ने तय भएपछि उनले भ्रमण छोट्याएका हुन् ।
पार्टीको तल्लो तहको सांगठनिक एकताको तयारीका लागि २४ र २५ गते सचिवालय तथा २६ र २७ गते नेकपाको स्थायी कमिटी बैठक बस्दै छ । बैठकमा सरकारका काम-कारबाहीको पनि समीक्षासमेत हुनेछ । प्रचण्ड असोजमा चीनको पनि भ्रमण गर्दै छन् ।
प्रकाशित समय १७:०४ बजे