गृहपृष्ठ कहाँ छन् विप्लप ?
कहाँ छन् विप्लप ?
अर्धभूमिगत राजनीति गरिरहेको नेकपाका नेता नेत्रविक्रम चन्द ‘विप्लव’को खोजीमा सुरक्षा संयन्त्र लागेको छ । सो समूहका प्रवक्ता खड्कबहादुर विश्वकर्मालाई पटक–पटक पक्राउ गरी हिरासतमा राखिएको बेलामा नेतृत्वकर्ताकोसमेत खोजी तीव्र पारिएको हो ।
भोजपुर जिल्ला अदालतले बम बिष्फोट प्रकरणमा विप्लवलाई पक्राउ गरेर अदालत उपस्थित गराउन आदेश दिएपछि विप्लव प्रहरीको खोजी सूचीमा छन् । त्यसयता विप्लव कुनै पनि सार्वजनिक कार्यक्रममा देखिएका छैनन् । भोजपुर अदालतले सो समूहका प्रबक्ता विश्वकर्मालाई भने धरौटीमा रिहा गरिसकेको छ ।
गृह मन्त्रालयले सबै सुरक्षा निकायमा ‘सर्कुलर’ जारी गर्दै विप्लवलाई ‘जहाँ देख्यो, त्यही समात्न’ आदेश जारी गेरपछि उनी भूमिगत भएका हुन् । चन्दा आतंक मच्चाउने, धम्क्याउने, अपहरण गर्ने, बम विष्फोट गराउने आदिमा नेकपाका नेता–कार्यकर्ताको संलग्नता देखिएको सुरक्षा निकायको निस्कर्ष छ ।
तर, विप्लव लामो समय यता भारतमा रहेका सो समूहका नेताहरुले बताएका छन् । संविधान खारेजीको मागसहित सशस्त्र क्रान्तिको नारा दिएर विभिन्न गतिविधिमा संलग्न भएपछि सुरक्षा निकायले खोजी तीव्र बनाएपछि विप्लप भारतमा भूमिगत रहेका हुन् । सुरक्षा संयन्त्रले समेत विप्लव भारतमा रहेको निश्कर्षसहित उनलाई फक्राउ गर्न सजिलो नरहेको माथिल्लो तहमा प्रतिवेदन दिएका छन् ।
नेपालमा संगठन बिस्तार गर्ने रणनीति अपनाउदै उनी भारतमा रहेका बताइन्छ । कतिपय समयमा गोप्य बाटोबाट उनी नेपाल आउने जाने गरेको समेत सुरक्षा निकायको अांकलन छ । प्रवक्ता विश्वकर्मा हिरासतमा रहे पनि अरु नेताहरु अर्धभूमिगत रुपमा संगठन विस्तारमा सक्रिय रहेको सो समूह स्रोतको भनाई छ । अरु नेताहरु धर्मेन्द्र बास्तोला, ओमप्रकाश पुन, सन्तोष बूढामगरलगायतका नेताहरु नेपालमा संगठन विस्तारमा सक्रिय रहेको गृह मनत्रालय स्रोतले बताएको छ ।
प्रकाशित समय १८:०६ बजे
















