गृहपृष्ठ राष्ट्रियसभामा मौलिक हक सम्बन्धी चार विधेयक प्रस्तुत
राष्ट्रियसभामा मौलिक हक सम्बन्धी चार विधेयक प्रस्तुत
फाइल तस्बिर
राष्ट्रियसभामा मौलिक हक सम्बन्धी चार वटा विधेयक प्रस्तुत गरिएको छ । आइतबार बसेको राष्ट्रियसभा बैठकमा मौलिक हक सम्बन्धी चार वटा विधेयक प्रस्तुत गरिएको हो ।
राष्ट्रियसभाका सचिव राजेन्द्र फँुयालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘वैयक्तिक गोपनियताका सम्बन्धी विधेयक, २०७५’, ‘जातीय भेद्भाव तथा छुवाछुत (कसुर र सजाय) (पहिलो संशोधन) विधेयक, २०७५’, ‘अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी विधेयक, २०७५’ र ‘सामाजिक सुरक्षा विधेयक, २०७५’ प्रस्तुत गरेका हुन् ।
(रासस)
प्रकाशित समय १३:०८ बजे
















