गृहपृष्ठ सांसदहरुको प्रश्न : निर्मलाको हत्यारा कहिले सार्वजनिक गर्ने ?
सांसदहरुको प्रश्न : निर्मलाको हत्यारा कहिले सार्वजनिक गर्ने ?
सांसदहरुले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकको शून्य समयमा सांसदहरुले निर्मलाको हत्यारा सार्वजनिक गर्न माग गरेका हुन् । हत्यारा सार्वजनिक गर्न माग गर्दै देशभर प्रदर्शन भइरहेकाबेला सांसदहरुले पनि निर्मलाको हत्यारा सार्वजनिक गर्न माग गरेका हुन् ।
सांसद चन्दा चौधरीले महिला र बलात्कार हिंसाका घटना वृद्धि भएकोमा चिन्ता व्यक्त गर्दै ऐन र नियम संशोधन गरी बलात्कारीलाई मृत्युदण्ड सजाय दिनुपर्ने माग गरिन् । सांसद दुर्गा पौडेलले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्यारा छिटो सार्वजानिक गर्न माग गरिन् ।
सासंदहरुले देशका विभिन्न ठाउँमा बाढी पहिरोबाट प्रभावित भएकाहरुलाई राहतको व्यवस्था गर्न पनि माग गरेका छन् । त्यस्तै, सप्तरीमा फैलिएको स्वाइन फ्लू नियन्त्रणका लागि चिकित्सकको टोली परिचालन गर्न पनि सांसदहरुले माग गरेका छन् । सप्तरीमा स्वाईन फ्लूबाट ४ जनाको मृत्यु भएको छ ।
शून्य समयमा सांसद टेकबहादुर बस्नेत, तेजुलाल चौधरी, दिलकुमारी, दुर्गाकुमारी विश्वकर्मा, देवप्रसाद गुरुङ, नविताकुमारी चौधरी, नवराज सिलवाल, नारायणप्रसाद खतिवडा, पवित्रा निरौला खरेल, पार्वत गुरुङ, पार्वतीकुर्मी विसङ्खे, पुष्पा भुषाल, प्रभु साह, प्रमिला राई र प्रेमप्रसाद तुलाचनले आफ्नो धारणा राखेका थिए ।
प्रकाशित समय १३:२७ बजे

















