गृहपृष्ठ शिल्पकारले गठन गरे नयाँ पार्टी, संविधानबाट दलित शब्द हटाउन संघर्ष गर्ने
शिल्पकारले गठन गरे नयाँ पार्टी, संविधानबाट दलित शब्द हटाउन संघर्ष गर्ने
शिल्पकारको हक अधिकार स्थापित गर्न भन्दै नयाँ पार्टी गठन गरिएको छ ।
चित्रबहादुर रसाइलीको अध्यक्षमा शिल्पकार उत्पीडित मुक्ती समाज नेपाल नामको पार्टी गठन भएको हो । राजधानमिा आयोजित पार्टी घोषणा सभामा बोल्दै अध्यक्ष रसाइलीले पेशागत पहिचान शिल्पकार शब्दलाई पहिचान बनाएर पूर्ण स्वतन्त्रता, समनता र मुक्तिका लागि संघर्ष गर्ने बताएका छन् ।
संविधानबाट दलित शब्द हटाउन संघर्ष गर्ने उनको भनाई थियो । रसाइलीले काम गरी खानेलाई ठगेर खानेले भ्रममा पारेको बताए ।
मानव अधिकारकर्मी तथा एम्नेष्टी इन्टरनेशनल नेपालका पूर्वअध्यक्ष सूर्यबहादुर आधिकारीले विश्वभरी उत्पीडनको अवाज उठिरहेको बेला जातीय विभेदको अन्त्यका निम्ती जाग्नु आवश्यक रहेको बताए । पार्टीको केन्द्रीय समिति ७७ सदस्यीय छ ।
प्रकाशित समय ११:२५ बजे
















