गृहपृष्ठ सरकारलाई अर्थ समितिको निर्देशन : उपभोग्य बस्तु सहज उपलब्ध गराउ
सरकारलाई अर्थ समितिको निर्देशन : उपभोग्य बस्तु सहज उपलब्ध गराउ
संसदको अर्थ सममितिले उपभोक्तालाई उपभोग्य बस्तु सहज रुपमा उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ । मंगलबार बसेको अर्थ समितिको बैठकले चाडपर्वका समयमा उपभोक्तालाई सहज रुपमा उपभोग्य बस्तु उपलब्ध गराउन निर्देशन दिएको हो ।
सुपथ मूल्यको पसलको संख्या थपेर दसैं, तिहार छठजस्ता चाडपर्वमा उपभोक्तलाई बस्तुको अभाव हुन नदिन समितिले सरकारलाई निर्देशन दिएको समितिका सभापति कृष्णप्रसाद दाहालले जानकारी दिए । समितिले चाडपर्वको समयमा उपभोग्य बस्तुको मूल्य बढ्ने गरेको भ्रन्दै त्यसलाई नियन्त्रण गर्न पनि सरकारलाई भनेको छ ।
प्रकाशित समय १७:२५ बजे
















