गृहपृष्ठ प्रचण्ड किन दिल्ली जाँदै छन् ?

प्रचण्ड किन दिल्ली जाँदै छन् ?

prachanda-newskarobar

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल भारतको राजधानी नयाँ दिल्ली जाने भएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेको दाहाल दुई महिनाको अवधिमा दोस्रो पटक भारत जान लागेका हुन् ।

इन्डिया फाउन्डेसनले आयोजना गर्न गरेको ‘इन्डिया आइडिया कन्क्लेभ–२०१८’ कार्यक्रममा भाग लिन अध्यक्ष दाहाल शुक्रबार भारतको राजधानी नयाँ दिल्ली जान लागेको उनको सचिवालयले जनाएको छ ।

उक्त कार्यक्रममा प्रचण्डले सम्बोधन गर्ने बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीकोे सल्लाह अनुसार अध्यक्ष प्रचण्ड शुक्रबार बिहान ८ बजे नयाँ दिल्ली गएर सोही दिन बेलुका फर्कने कार्यतालिका रहेको छ । गएको अगष्टमा दिवंगत भएका भारतका पूर्वप्रधानमन्त्री अटल विहारी बाजपीयको नाममा सुरु गरेको ‘मेमोरियल लेक्चर’ मा प्रचण्ड सहभागी भएका थिए ।

भारतीय राजनीतिमा प्रभाव पार्ने इन्डिया फाउन्डेशनको कार्यक्रमको बहानामा प्रचण्डलाई पछिल्लो निम्तोसँगै दिल्ली पुगेमा अरु राजनीतिक भेटघाटको पनि सम्भावना रहेको उनी निकट स्रोतको भनाइ छ ।

कार्यक्रममा ‘प्रचण्ड’सँगै भारतीय अर्थमन्त्री अरुण जेट्ली र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले पनि सम्बोधन गर्ने बताइएको छ । प्रचण्ड यसअघि भदौको तेस्रो साता दिल्ली भ्रमणमा गएका थिए । त्यसबेला उनले प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका थिए ।

प्रकाशित समय १२:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु