गृहपृष्ठ बाबुराम भट्टराईको प्रश्न : प्रहरीलाई बर्खास्त गर्दैमा राज्यको दायित्व पूरा हुन्छ ?

बाबुराम भट्टराईको प्रश्न : प्रहरीलाई बर्खास्त गर्दैमा राज्यको दायित्व पूरा हुन्छ ?

baburam-newskarobar

नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको अनुसन्धानमा लापरबाही गरेको आरोप लागेका एसपी दिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई बर्खास्त गर्दैमा राज्यको दायित्व पूरा नहुने बताएका छन् । सरकारले बिहीबार विष्ट र भट्टलाई बर्खास्त गरे लगत्तै संयोजक भट्टराईले सामाजिक सञ्जालबाट त्यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले लेखेका छन्, ‘बिरालो बाँधेर श्राद्ध गरेझैं तीन महिना लगाएर केही प्रहरीलाई बर्खास्त गर्दैमा राज्यको दायित्व पूरा हुन्छ ? जानीबुझी प्रमाण नष्ट गर्नु आदि अपराधिक कर्म हैनन् र ? त्यसबापत मुद्दा र दण्ड गर्नुपर्दैन ? प्रमाण नष्ट गर्ने प्रहरी र बम दिदीबहिनी मार्फत किन अपराधी पत्ता लाग्दैन ? दबाब जारी राखौँ ।

गृहमन्त्रालयले बिहीबार राति दुई प्रहरी अधिकारीलाई बर्खास्त गरेसँगै सामाजिक सञ्जालमा सरकारको आलोचना भइरहेको छ । प्रमाण नष्ट गर्ने प्रहरी अधिकारीलाई कानुनी दायरामा ल्याउनु पर्ने आवाज उठिरहेको छ ।

प्रकाशित समय ०७:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु