गृहपृष्ठ पार्टी नेतृत्वप्रति चन्द्र भण्डारीको आक्रोश : अर्को जुनीमा यस्ता नेतासँग भेट नहोस्

पार्टी नेतृत्वप्रति चन्द्र भण्डारीको आक्रोश : अर्को जुनीमा यस्ता नेतासँग भेट नहोस्

‘नेतृत्व गतिलो भएन, आसेपासे चम्चाका कारण पार्टी कमजोर भयो’

नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले अहिले देश नेताकै कारण बिग्रीएको बताए । उनले अर्को जुनीमा नेपालका जस्ता नेताहरुसँग भेट नहोस् भनेर दसैंको टिका लगाएको बताए ।

भष्ट्राचार, अराजगतका मौलाउनको प्रमुख कारण नेताहरु नै भएको दावी गरेका उनले नेपालका हरेक पार्टीमा नयाँ ओपन ब्रेनको आबश्यकता रहेको बताए ।

‘अब परिवारकेन्द्रित राजनीति आवश्यक छैन,’ शुक्रबार बुटवलमा आयोजित एक कार्यक्रममा नेता भण्डारीले भने, ‘यसरी नेपाल बन्न सक्दैन, त्यसैले अबको नेतृत्व नयाँ युवा पिडीको हो ।’

कार्ल माक्सले भनेको स्मरण गर्दे उनले भने, ‘समाजमा धेरै राजनीतिकरण भएमा नयाँ मान्छे ल्याउनुपर्छ भनेझैँ अब नेपालको राजनीतिमा नयाँ ओपेन ब्रेन ल्याउनुपर्दछ ।’

देश लुट्नेको पक्षमा अबको राजनीति आवश्यक नभएको उल्लेख गर्दै उनले अहिलेको अवस्था आउनको लागि हजारौंको संख्यामा जनताले बलिदान दिएको र दलहरुले त्यसको अबमुल्यन गरेको उनको ठहर छ ।

नेपाली कांग्रेसका युवा नेता उनले नेपाली कांग्रेसभित्र गुट उपगुटको कारण समस्या आएको बताए ।

‘नेतृत्व तह नै गतिलो नभएकाले पार्टी यो अवस्थामा पुगेको हो,’ उनले भने, ‘आसेपासे र चम्चाहरुका कारण पार्टी कमजोर बनेको हो ।’

‘प्रतिपक्षी दलको नेता शशक्त नभएको कारण नै समस्या भइरहेको छ,’ उनले भने, ‘संसदमा २ घण्टा लगातार बोल्न सके केपि ओली कहाँ पुगिसक्थे ?’

अर्को जुनीमा यस्ता नेतासँग भेट नहोस् भनेर आफुले दसैंमा सीमान्कृत बस्तीमा पुगेर प्रार्थना गर्दै टीका लगाएको उनले बताए ।

दसैंमा दुइै वटा कुरा सिकेको उल्लेख गर्दै उनले सिमान्तकृत वर्ग, पिछडिएको वर्गभित्र बाहुन क्षेत्री पनि निकै रहेको बताए । अब समाजलाइ जातीय आधरले होइन वर्गिय आधारले अघि बढाउन आवश्यक रहेको भण्डारीको भनाइ छ ।

राष्ट्रपतिको टीका प्रकरणको बारे सोधिएको प्रश्नमा उनले राजाको संस्कार र असभ्य परिपाटी दोहोरिएकोमा दुःख व्यक्त गरे ।

अहिलेको सरकार सामाजिक, आर्थिक, राजनीतिक रुपमा कमजोर र असफल भएको उनको भनाई थियो । सरकार पछिल्लो समय भष्ट्राचारमा डुबेको भण्डारीले टिप्पणीले गरे ।

निर्मला हत्या प्रकरण, वाईड बडी विमान र सुन कान्ड लगायतका विषयमा सरकार चुकेको उनको भनाई थियो । उनले एसपी र इन्सपेक्टरलाइ धेरै पहिला नै कारबाही नगरेकोमा आक्रोश व्यक्त गरे ।

महंगी र करको भार बढाउने काम मात्रै सरकारले गरेको भन्दै उनले जनताले कर तिरेको महशुस गर्ने गरी कार्य अगाडि बढाउन सरकारले नसकेको बताए ।

मुख्यमन्त्री शहर केन्द्रित भएको उनको आरोप थियो । अब मुख्य मन्त्रीहरु गाउँ गाउँमा जानुको विकल्प नभएको भण्डारीले बताए । ‘अब टोपी ढल्काएर बस्नुपर्ने अवस्था होईन, देशमा विकास गर्ने बेला आएको छ,’ भण्डारीले भने ।

उनले विगतमा प्रधानमन्त्री केपि ओलीले पानी जहाज, घर घरमा ग्यासको कुरा गरेकोमा अहिले आएर घर घर मा विद्युतीय चुलाको कुरा गर्नु जायज नभएको तर्क गरे । ‘सपना देख्नु राम्रो हो,’ उनले भने, ‘तर जथाभावी कुरा गरेर समय बिताउने समय यो होइन ।’

बिगतमा आफूले अखण्ड लुम्बिनीको पक्षमा आन्दोलनको नेतृत्व गरेकाले प्रदेश ५ जोगिएको स्मरण गरे । जनताले चुनेर पठाएका जनप्रतिनिधिहरुले नै जनताको अनुकुलता हेरेर प्रदेशको राजधानी तोक्नुपर्ने उनको धारणा छ ।

प्रदेश ५ का जिल्लामा पहाड र तराइ छुट्याउने प्रयासका लागि तत्कालीन कांग्रेस सभापति सुशील कोईराला र तत्कालीन एमाले अध्यक्ष केपि ओली, प्रचण्ड लगायतले पनि हस्ताक्षर गरेको भन्दै देश विखण्डन गर्नबाट जोगाउन आफूले धेरै कसरत गरेको दावी गरे ।

प्रकाशित समय १०:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु