गृहपृष्ठ प्रचण्ड कम्युनिस्ट होइनन् : ऋषी कट्टेल
प्रचण्ड कम्युनिस्ट होइनन् : ऋषी कट्टेल
'निर्वाचन आयोगको निर्णयविरुद्ध अदालत जान्छु'
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषीराम कट्टेल निर्वाचन आयोगको निर्णयविरुद्ध अदालत जाने भएका छन् । शक्ति र पहुँचका आधारमा निर्वाचन आयोगले आफ्नो पार्टीको नाम दोस्रो पार्टीलाई दिएकाले अदालत जाने निर्णयमा पुगेको उनले बताए । केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भन्ने नामलाई मान्यता नदिन माग गर्दै उनले निर्वाचन आयोगमा उजुरी दिएका थिए । तर, आयोगले नाममा नेपाल कम्युनिस्ट पार्टीसँगै (नेकपा) राखेर नयाँ दल दर्ता गरिदिएको थियो ।
काठमाडौँमा शनिबार पत्रकार सम्मेलन गरी नेकपा अध्यक्ष कट्टेलले ओली÷प्रचण्डले पार्टीको नाम कोष्ठभित्र नेकपा राख्नु गलत भएको बताए । उनले कोष्ठभित्रका प्रत्येक अक्षरका बीचमा एक स्पेस भए आफूलाई मान्य हुने बताए । उनले सत्तारुढ नेकपाका नेताहरुको चर्को आलोचना पनि गरे । उनीहरुले कम्युनिस्टको खोलमात्रै ओढेका कट्टेलको टिप्पणी छ । खासगरी प्रचण्डलाई उनले कम्युनिस्ट नै नभएको जिकिर गरे । ‘प्रचण्डलाई कम्युनिस्ट भन्नु र कालो मान्छेलाई गोरो भन्नु उस्तैउस्तै हो,’ कट्टेलले भने ।
प्रकाशित समय १६:५० बजे

















