गृहपृष्ठ धितोपत्र बजारमा ६ कम्पनीका सेयर सूचीकृत

धितोपत्र बजारमा ६ कम्पनीका सेयर सूचीकृत

stock-newskarobar

धितोपत्र बजारमा यो साता ६ वटा कम्पनीका ९७ लाख ११ हजार ७२२ कित्ता सेयर सूचीकृत भएका छन् । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार विभिन्न वित्तीय संस्थाको बोनस र हकप्रद सेयर बजारमा सूचीकृत भएको हो ।

स्टकका अनुसार गण्डकी विकास बैंकको सबैभन्दा बढी ४४ लाख ५० हजार ९२२ कित्ता बोनस सेयर सूचीकृत भएको छ । आर्थिक वर्ष २०७४/७५ को नाफाका आधारमा सो बैंकले सेयरधनीलाई बोनस दिएको हो ।

प्रभु इन्स्योरेन्स कम्पनीको ३१ लाख ६६ हजार ६७७ कित्ता हकप्रद सेयर सूचीकृत भएको छ । स्टकका अनुसार समिट लघुवित्त वित्तीय संस्थाको आठ हजार ४४० कित्ता हकप्रद सेयर यसै साता सूचीकृत भएको छ । यस्तै अर्को इन्स्योरेन्स कम्पनी सूर्या लाइफको पनि १२ लाख १२ हजार ७५० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।

पोखरा फाइनान्सको ६ लाख २२ हजार ९३३ कित्ता र समिट लघुवित्त वित्तीय संस्थाकै दुई लाख ५० हजार कित्ता बोनस सेयर सूचीकृत भएका छन् ।

कात्तिक ४ गते १२४६.५२ बिन्दुमा रहेको कारोबार मापक नेप्से परिसूचक कारोबारको अन्तिम दिन कात्तिक ८ गते घटेर १२४१.११ बिन्दुमा पुगेको छ । यस्तै, साताको पहिलो दिन ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २६५.२८ बिन्दुमा रहेकोमा अन्तिम दिन घटेर २६४.०१ बिन्दुमा पुगेको छ । (रासस)

प्रकाशित समय १७:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु