गृहपृष्ठ किन गएनन् ओली आफ्नै पार्टीको चियापानमा ?
किन गएनन् ओली आफ्नै पार्टीको चियापानमा ?
नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुन सकेनन् । आफ्नै प्रस्तावमा आफ्नै पार्टीले आयोजना गरेको बृहत कार्यक्रममा ओली आफैं नगएपछि धेरैले आश्चर्य मानेका छन् । स्वास्थ्य समस्याका कारण भौतिक रुपमा चियापानमा उपस्थित नभए पनि भावनात्मक रुपमा उनी चियापानमै भएको भन्दै नेकपाका नेताहरुले टिप्प्णी गरेका थिए ।
स्वास्थ्यमा समस्या आएपछि उनी चियापानमा आउन नसकेको उनको सचिवालयले जनाएको छ । ओली पत्नी राधिका शाक्य र ओलीका मुख्य सहयोगी राजेश शाक्य भने उपस्थित थए ।
मुख्य सहयोगी राजेश शाक्यका अनुसार चिकित्सकले प्रधानमन्त्री ओलीलाई पर्याप्त आराम गर्नुपर्ने जनाएका छन् । चियापानमा सहभागी शाक्यले न्युज कारोबारसँग भने, ‘बिरामीभन्दा पनि चिकित्सकले आराम गर्न सुझाव दिएपछि उहाँ आराम गरिरहनुभएको छ ।’ सचिवालय स्रोतका अनुसार प्रधानमन्त्री ओली आइतबार पनि आराम गर्दै कुनै कार्यक्रममा नजाने तय भएको छ ।
भृकुटीमण्डपमा भएको नेकपाको चियापनामा ५० हजारलाई निमन्त्रणा गरिएको थियो । कार्यक्रममा नेकपाका नेता कार्यकर्ता र अरु दलका नेताहरुको बाक्लो उपस्थिति थियो । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता माधवकुमार नेपाल, झलनाथ खनाल, रामबहादुर थापालगायत चियापानमा सहभागी थिए । विभिन्न प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरु पनि चियापानमा आएका थिए ।
प्रकाशित समय १९:५४ बजे
















