गृहपृष्ठ कतारमा रहेकी राष्ट्रपति भण्डारी भेटघाटमा व्यस्त
कतारमा रहेकी राष्ट्रपति भण्डारी भेटघाटमा व्यस्त
कतारको चारदिने औपचारिक भ्रमणमा रहेकीे राष्ट्रपति विद्यादेवी भण्डारी र कतारका राजा अमिरशेख तमिम बीन हमाद अल थानीबीच भेटवार्ता भएको छ । अमिरी दिवान (दरबार) मा भएको भेटवार्तामा दुई देशबीचको कूटनीतिक सम्बन्ध र आपसी सहकार्यलाई अझ सुमधुर बनाउने लगायत विषयमा छलफल भएको छ ।
यसअघि राष्ट्रपति भण्डारीको सम्मानमा अमिरी दिवानमा त्यहाँको सैनिक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । अमिर अल थानीले राष्ट्रपति भण्डारीको सम्मानमा दिवाभोजको आयोजना गरेका थिए । मित्रराष्ट्र कतारका अमिर अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी सोमबारदेखि कतार भ्रमणमा छिन् । उनी शुक्रबार स्वदेश फकएने कार्यताालीका छ ।
प्रकाशित समय १६:३२ बजे
















