गृहपृष्ठ प्रदेश ५ को स्थायी राजधानीबारे सत्ताधारी नेकपाभित्रै संघर्ष

प्रदेश ५ को स्थायी राजधानीबारे सत्ताधारी नेकपाभित्रै संघर्ष

सिफरिस गर्न गठित विशेष समिति उपलब्धिबिहीन हुने संकेत

pradesh-5-newskarobar

प्रदेश नम्बर ५ को स्थायी राजधानी र नामबारे सिफारिस गर्न गठित विशेष समिति उपलब्धिबिहीन हुने देखिएको छ ।

म्याद सकिन लाग्दासम्म जम्मा दुई पटक बैठक बसेको समितिले स्थायी राजधानी र नामबारे प्रतिवेदनसहितको सिफारिस बुझाउन १० दिन मात्रै समय छ । म्याद १० दिन मात्र बाँकी रहँदासमेत १५ सदस्यीय समितिको सभापती चुनिएको छैन । नेतृत्वबिहीन समितिले दुई पटक मात्र बैठक बसेको बाहेक अपेक्षकृत काम गर्ने छाँटकाँट भने देखिदैन । ३ महिनाको समय पाएको समितिको म्याद यही कार्तिक २३ गते सकिदै छ ।

प्रदेश स्थापना भएको ८ महिना बितिसक्दा समेत प्र्रदेश पाँचको स्थायी राजधानी र नामाकरणको टुंगो लाग्न नसकेको हो । प्रदेशका सबै जिल्लामा सर्वपक्षिय छलफल र अध्ययन गरि प्रतिवेदन तयार गर्ने जिम्मा पाएको समिति निष्कृय बन्दा नामाकरण र स्थायी राजधानी कहाँ रहने भन्ने अन्यौलता बढेको छ ।

गत भदौ १२ र असोज २ गते समितिका बैठक भएको प्रदेश सभा सचिवालयले जनाएको छ । समितिमा अस्थायी राजधानी रहेको रुपन्देहीबाट तुलसी प्रसाद चौधरी र रमा अर्याल छन् । अर्घाखाँचीबाट कल्पना पाण्डे, निर्मला क्षेत्री र चेतनारायणप्रसाद आचार्य छन् । कपिलवस्तुबाट विष्णुप्रसाद पन्थी र सहरराम यादव, बर्दियाबाट दीपेश थारू र भुवनेश्वर चौधरी, पाल्पाबाट वीरबहादुर राना र नारायण आचार्य, रोल्पाबाट दीपेन्द्रकुमार पुन, प्युठानबाट तारा जीसी, गुल्मीबाट दिनेश पन्थी र दाङबाट सरस्वती गौतम समिति सदस्य छन् ।

समितिका ज्येष्ठ सदस्य सरस्वती गौतम को संयोजकत्वमा बैठक बस्ने गरेका छ । उनी भन्छन्, ‘समितिका सदस्य सांसदहरू घुम्न गएकाले बैठक बस्न कठिन छ ।’ जेष्ठ सदस्य गौमतमका अनुसार छठभन्दा अघि बैठक बस्ने स्थिति नै छैन । समितिले कार्यविधि बनाए पनि सो अनुसार काम भने अघि बढ्न नसकेको समिति सदस्य नै स्वीकार गर्छन् ।

कांग्रेसका सांसद वीरबहादुर रानाले सत्तापक्षको अलमलका कारण समितिले काम गर्न नसकेको आरोप लगाए । प्रदेश सभा सदस्य सांसद विष्णु पन्थीले कार्यविधि अनुसार के केसरी सुझाव संकलन गर्ने भन्ने विषयमा कुरा भएपनि बैठकले मा धेरै छलफल हुन नसकेको बताए । उनले भने, ‘दुई पटक मात्रै बैठक बसेका छौ, खास केही उपलब्धी हुन सकेको छैन, अब छिट्टै होला आश गराैं ।’ सबैलाई नै पायक पर्ने स्थानमा प्रदेश राजधानी र नाम सबैको साझा हुन उनको दाबी छ ।

नामाकरणमा खासै समस्या नदेखिने भए पनि राजाधानी कहाँ राख्ने भन्ने विषयले विवाद बढाउने प्रष्ट छ । प्रदेश सभामा प्रतिनिधित्व गर्ने दल भित्र एकमत छैन । नामाकरणको विषयमा गौतम बुद्धसँग सम्बन्धित नाम रहने भन्नेमा विवाद प्रायः छैन । अस्थायी राजधानी कायम बुटवलबाट मुख्यमन्त्री शंकर पोखरेलको निर्वाचन क्षेत्र दाङ सार्ने लविङ धेरै हुँदा सत्ताक्षकै नेताहरुको असन्तुष्टिका स्वर सुनिन थालेका छन् । रुपन्देही नेकपाका प्रभावशाली नेता तथा महासचिव विष्णु पौडेललको निर्वाचन क्षेत्र हो ।

प्रतिपक्ष दल नेपाली काग्रेस संसदीय दलका नेता बलदेव शर्मा पोखरेलले शेरवहादुर देउवा प्रधानमन्त्री रहेको समयमा प्रदेशको राजधानी तोकिएकै स्थानमा समर्थन रहेने बताउछन् ।
स्थायी राजधानीको टुंगो नलाग्दा भौतिक संरचना निर्माणमा समेत अलमल भएको छ । संरचना अभावमा प्रदेश सरकार अन्तर्गतका कार्यालय स्थापनामा चुनौती छ भने अर्कातर्फ तत्काल कार्यसम्पादनमा समेत असर पर्ने देखिएको छ ।

गत साउन २६ गते अन्तिम पटक बसेको प्रदेश सभा बैठक त्यसपछि भने बस्न सकेको छैन । तीन महिनायतासदस्यहरु फुर्सदिला बनेका छन्, प्रदेश सभा बिजनेशबिहीन छ । अब छठपछि मात्र बैठक बस्ने तयारी भएको सचिव दुर्लभ कुमार पुनमगरले बताए । उनले भने, ‘विभिन्न समितिका बैठक बसिरहेका छन्, आएका प्रस्ताव उपर छलफल हुन्छ ।’

संविधानको धारा २८८ मा भएको व्यवस्थाअनुसार प्रदेशको नाम र स्थायी राजधानी सम्बन्धित प्रदेश सभाले निर्णय गरेबमोजिम हुने व्यवस्था छ । सोहीअनुसार नामकरण गर्न र स्थायी राजधानी सिफारिस गर्न समिति गठन भएको थियो ।

सत्ताधारी नेकपाकै प्रभावशाली नेतृत्वबीच खिचातानीले स्थायी राजधानी र नाम तोक्न अलमल भएको सर्वसाधारणको बुझाइ छ ।

प्रकाशित समय १०:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु