गृहपृष्ठ ओली सरकार विभेद गर्दैछ : डा. महत

ओली सरकार विभेद गर्दैछ : डा. महत

छठपछि सरकारविरुद्ध शसक्त रुपमा प्रस्तुत हुने

नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले तिहार र छठलगत्तै कांग्रेसले सरकारविरुद्ध कडा आन्दोलन गर्ने घोषणा गरेका छन् । उनले आफूहरुले सरकारका गलत क्रियाकलापबारे अहिले खबरदारी गरिरहेको जनाए । यद्यपी आवश्यक पर्याे भने छठपछि सरकारविरुद्ध सशक्त रुपमा सडक र सदनमा संघर्ष गर्ने उनको भनाई थियो ।

बिहीबार कामठमाडौंमा आयोजित एक कार्यक्रममा महतले भने ‘ओली सरकार गठन भएपछि जनतामा ठूलो आशा थियो । तर सरकारले अहिले जनताको आशालाई निराशामा परिणत गरिदिएको छ ।’

उनले पार्टीको अब बस्ने केन्द्रीय कार्य समिति र महासमिति बैठकमासमेत सरकारको गलत क्रियाकलापविरुद्ध कसरी अघि बढ््नेबारे बृहत्त छलफल गर्ने जानकारी दिए ।

‘सरकारले आफूले जे चाह्यो, त्यही गर्न पाउने लाइसेन्स पाएको ठानेको छ । यसलाई हामीले दुर्भाग्यपूर्ण ठानेका छौं । त्यतिमात्रै होईन, सरकारले संवैधानिक निकाय र न्यायालयलाई पनि छायाँमा राख्ने काम गरेको छ,’ डा. महतले भने, ‘सुरक्षा निकाय र कर्मचारीतन्त्रलाई व्यवसायिक रुपमा काम गर्न दिइएको छैन । पार्टीप्रति बफादार हुनेहरुलाई मात्रै बढुवा र सरुवा गर्ने काम गरिरहेको छ ।’

सरकारले आफूलाई भोट नहाल्नेजतिलाई विभेद गरिरहेको उनको आरोप थियो । ‘सरकार उदासिन बनेको छ, चरम महँगी भएको छ, यस्तो मुल्यवृद्धि यसअघि भएकै थिएन,’ उनले भने, ‘सरकारले मिलेमतोको संस्कृतिलाई प्रोत्साहन गरिरहेको छ । कानुनलाई होइन, हामीलाई फलो गर भन्ने उद्देश्यले उहाँहरुले जनतालाई व्यवहार गरिरहनुभएको छ ।’

स्थानीय तहदेखि केन्द्रसम्म जनतालाई करको भारमा पारेको आरोप लगाउँदै महतले भने, ‘यसले गर्दा मुलुकमा स्वदेशी तथा विदेशी लगानी भित्रिने कुरा निरुत्साहित बनेको छ । यसअघिका सरकारको तुलनामा अहिले लगानी घटेको छ ।’

प्रकाशित समय १८:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु