गृहपृष्ठ नेपाल इन्स्योरेन्स कम्पनीकोे टोल फ्री नम्बर

नेपाल इन्स्योरेन्स कम्पनीकोे टोल फ्री नम्बर

nepal_insurance-newskarobar

नेपालकै पहिलो बिमा कम्पनी नेपाल इन्स्योरेन्स कम्पनीले टोल फ्री नम्बर उपलब्ध गराएको छ । ग्राहकको सेवालाई मध्यनजर गर्दै कम्पनीले टोल फ्री नम्बर उपलब्ध गराएको हो ।

टोल फ्री नम्बर उपलब्ध भएसँगै ग्राहकले बिमासम्बन्धी सम्पूर्ण सूचना तथा सेवाहरु निःशुल्क राख्न पाउनेछन् । यस्तो सेवाले ग्राहकको सेवा सुविधामा थप सहज हुने आशा राखेको कम्पनीले जनाएको छ । कम्पनीको टोल फ्री नम्बर १६६००१६१६६६ छ ।

टोल फ्री नम्बर पाएसँगै ग्राहकले घरमै बसेर पनि सम्पूर्ण सेवा तथा कम्पनीबारे बुझ्न पाउनेछन् । ‘यसले गर्दा ग्राहकको समयको पनि बचत हुन्छ,’ कम्पनीका नायब महाप्रबन्धक विक्रान्त पाण्डेले भने ।

नेपाल इन्स्योरेन्स ज्येष्ठताका साथै व्यवसायका रुपमा पनि श्रेष्ठ कम्पनी भएकाले स्थापित हुने संकल्पका साथमा अगाडि बढेको उनले बताए । ग्राहकलाई लाभान्वित गर्नका साथै छिटोछरितो र सहज रुपमा निर्जीवन बिमासम्बन्धी सेवा प्राप्त गर्न सक्ने विश्वासका साथमा कम्पनीले टोल फ्री नम्बर उपलब्ध गराएको हो ।

प्रकाशित समय १८:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु