गृहपृष्ठ कांग्रेस केन्द्रीय समितिको बैठक मंगलबार

कांग्रेस केन्द्रीय समितिको बैठक मंगलबार

महासमिति बैठक सार्ने बारेमा छलफल

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा पार्टी विधान मस्यौदा समितिले विधान पेश गर्ने कार्यसूची तय भएको छ । मंगलबार बस्ने बैठकमा विधान पेश गर्ने र पाँच दिन केन्द्रीय सदस्यलाई अध्ययनका लागि समय दिइनेछ ।

महासमितिको बैठक सार्नेबारे छलफलका लागि बोलाइएको केन्द्रीय समितिको बैठकमा अरु विषयमा समेत छलफल हुने छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार विधान मस्यौदा समितिले विधानलाई अन्तिम रुप दिए मंगलबारको बैठकमा पशे गर्ने छ ।

मंसिर ५ देखि ९ सम्म हुने भनिएको बैठक सार्नेबारे नेताहरुबीच अनौपचारिक छलफल भइरहेको छ । विधानमाथिकै छलफलका लागि केन्द्रीय समितिमा कम्तीमा सात दिन लाग्ने अनुमान छ । मंसिरभित्रै महासमिति बैठक हुने गरी मंगलबार बैठकबाट नयाँ मिति तय हुने सम्भावना रहेको नेताहरुले बताएका छन् ।

महासमिति तयारीस्वरुप गठन भएको विभिन्न प्रस्ताव तयार गर्न बनाइएको समितिले पनि आफ्नो प्रतिवेदन तयार पारेको छैन । कांग्रेसले राजनीतिक प्रस्ताव तयारीका लागि उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा.शशांक कोइरालको संयोजकत्वमा सांगठानिक, सहमहामन्त्री डा.प्रकाशशारण महतको संयोजकत्वमा आर्थिक प्रस्ताव समिति बनाएको छ । कांग्रेसभित्र विधानकै विषयमा शीर्ष तहमा मतैक्य हुन सकेको छैन ।

प्रकाशित समय १९:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु