गृहपृष्ठ कांग्रेस बैठक आज, महासमिति बैठक मुख्य एजेन्डा

कांग्रेस बैठक आज, महासमिति बैठक मुख्य एजेन्डा

nepali-congress-www.newskarobar.com

महासमितिको बैठक सार्नेबारे छलफल गर्न नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक बस्दैछ । मंगलबार दिउँसो बस्ने बैठकमा पार्टी विधान मस्यौदा समितिले विधान पेश गर्ने कार्यसुची छ ।
मंसिर ५ देखि ९ सम्म हुने भनिएको बैठक सार्नेबारे नेताहरुबीच अनौपचारिक छलफल भइरहेको छ । सो विषयमा केन्द्रीय समिति बैठकले औपचारिक निर्णय गर्ने छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार विधान मस्यौदा समितिले तयार पारेको विधान केन्द्रंीय समिति बैठकमा पेश गर्ने छ । सो विधान पाँच दिन केन्द्रीय सदस्यलाई अध्ययनका लागि समय दिइनेछ । प्रवक्ता शर्माले मंसिरभित्रै महासमिति बैठक हुने गरी नयाँ मिति तय हुने सम्भावना रहेको बताए ।

कांग्रेसले राजनीतिक प्रस्ताव तयारीका लागि उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा.शशांक कोइरालको संयोजकत्वमा सांगठानिक, सहमहामन्त्री डा.प्रकाशशारण महतको संयोजकत्वमा आर्थिक प्रस्ताव समिति बनाएको छ । कांग्रेसभित्र विधानकै विषयमा शीर्ष तहमा मतैक्य हुन सकेको छैन ।

प्रकाशित समय ११:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु