गृहपृष्ठ शेयर कारोबार अब अनलाइनबाट
शेयर कारोबार अब अनलाइनबाट
२०७५ कात्तिक २० गते नेप्सेको अनलाइन कारोबार उद्घाटन हुँदाको तस्बिर ।
नेपाल स्टक एक्सचेञ्जले अनलाइन कारोबार प्रणाली सुरु गरेको छ । काठमाडौंमा मंगलबार अनलाइन कारोबार प्रणलीको अर्थमन्त्री डा. युवराजव खतिवडाले उद्धघाटन गरेका हुन् ।
योसँगै घर वा कार्यालय आफू अनुुकुल ठाउँबाटै शेयरको किनबेच गर्न सकिने छ । यसका लागि धितोपत्र ब्रोकरको कार्यालयबाट कारोबार गर्न युजरनेम र पासवर्ड लिने प्रक्रिया भने पूरा गर्नुपर्ने छ ।
यसका लागि ब्यक्तिगत विवरणका साथै मोबाइल नम्बर र इमेल ठेगाना ब्रोकर कार्यालयमा अनिवार्य रुपमा बुझाउनुपर्नेछ । युजरनेम र पासवर्डका आधारमा जहाँबाट पनि शेयरको कारोबार गर्न सकिने नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
अनलाइन प्रणाली लागु भएपछि शेयर कारोबारमा नागरिकको पहुँच बढ्नुका साथै शेयर कारोबारका लागि ब्रोकर कार्यालयमा जानै पर्ने बाध्यता हट्ने नेपाल स्टक एक्सचञ्जले जनाएको छ ।
प्रकाशित समय ११:२२ बजे

















