गृहपृष्ठ अझै समय छ, मिलेर अघि बढौं : देउवा
अझै समय छ, मिलेर अघि बढौं : देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई एकतावद्ध बनाउने अभियानमा जुट्न नेता तथा कार्यकर्तालाई आह्वान गरेका छन् । पार्टीका महत्वपूर्ण निर्णय गर्दा असन्तुष्ट पक्षसँग छलफल नगरेको आरोप खेपिरहेका देउवाले आपसी मेलमिलाप नभएका कारण निर्वाचनमा अनपेक्षित हार बेहोर्नुपरेको बताए । ‘पार्टीलाई एकतावद्ध बनाउने अभियानमा जुट्न म पार्टीका सबै नेता, कार्यकर्तालाई आह्वान गर्न चाहान्छु,’ देउवाले भने, ‘अझै समय छ, मिलेर अघि बढौं ।
तिहार तथा नेपाल संवतको अवसर पारेर बिहीबार भक्तपुरमा आयोजित कार्यक्रममा उनले निर्वाचनमा भएको हारबाट पाठ सिकेर अघि बढ्नुको विकल्प नरहेको बताए ।
प्रकाशित समय १३:११ बजे

















