गृहपृष्ठ कृषि क्षेत्रको विकासमा चीनले सहयोग गर्ने
कृषि क्षेत्रको विकासमा चीनले सहयोग गर्ने
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र नेपालका लागि चिनियाँ राजदूत यु होङबीच भेटवार्ता भएको छ । भेटमा उनीहरुबीच लुम्बिनीको पर्यटन प्रवद्र्धन, कृषिको विकास र उद्योगमा चिनियाँ लगानीबारे छलफल भएको छ ।
मुख्यमन्त्री पोखरेलले प्रदेश ५ मा पर्यटन विकास र कृषि उत्पादनको प्रचुर सम्भावना रहेकाले चीनको अनुभव आवश्यक रहेको बताए । उनले चिनियाँ रेल काठमाडाैं हुँदै लुम्बिनी छिट्टै आउने विश्वास व्यक्त गरे ।
राजदुत होङले कृषिको विकासमा चीनले सहकार्य गर्दै आएको र आगामी दिनमा अझै बढाउने प्रतिबद्धता जनाए । उनले लुम्बिनी धेरै चिनियाँको मनमा रहेको बताउँदै लुम्बिनीलाई विश्वकै आर्कषक पर्यटकीय गन्तव्य बनाउन सकिने विश्वास व्यक्त गरे ।
प्रकाशित समय १७:११ बजे
















