गृहपृष्ठ सरकार अराष्ट्रिय तत्वले सञ्चालन गरेको छ : श्रेष्ठ
सरकार अराष्ट्रिय तत्वले सञ्चालन गरेको छ : श्रेष्ठ
नेपाली कांग्रेसका नेता चिनकाजी श्रेष्ठले सरकारले देशहित विपरित काम गरिरहेको आरोप लगाएका छन् । दुई तिहाइको सरकार भएपनि अराष्ट्रिय तत्वले सरकार सञ्चालन गरेको उनले आरोप लगाए । काठमाडौंमा भएको एक कार्यक्रममा भएको कार्यक्रममा उनले भने, ‘सरकार सञ्चालन भएको समयदेखि अहिलेसम्म गरेको निर्णय कमिसनको आधारमा भएको छ ।’
बूढीगण्डकी जलविद्युत आयोजना चिनियाँ कम्पनी गेजुवालाई दिने सरकारको निर्णय कमिसनको आधारमा भएको उनको आरोप थियो । ‘गेजुवा एक असफल कम्पनी हो, सरकारको यो निर्णयले आयोजना निर्माण हुन सक्दैन’ उनले भने ।
प्रधानमन्त्री केपी ओलीले महत्वपूर्ण कार्यालय आफ्नो मातहमा राखेर शक्ति संचय गरेर बसेको भन्दै उनले आफू शक्तिशाली भएर संघीयतालाई समाप्त गर्न लागेको टिप्पणी गरे । कांग्रेस सरकार बाहिर बसेर जनताको पक्षमा काम गरिरहेको उनको भनाइ थियो ।
प्रकाशित समय १७:५९ बजे
















