गृहपृष्ठ झलनाथको टिप्पणी– सरकार कमजोर देखियो

झलनाथको टिप्पणी– सरकार कमजोर देखियो

Jhalanath_Khanal-newskarobar

पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) वरिष्ठ नेता झलनाथ खनालले कामका हिसाबले वर्तमान सरकार कमजोर देखिएको टिप्पणी गरेका छन् । ‘विकास निर्माण र जनसरोकारका विषयमा प्रभावकारी काम हुन नसक्दा शक्तिशाली भनिएको सरकार कमजोरजस्तो देखिएको छ,’ नवयुग बहुउदेश्य सहकारी संस्थाको १९औँ वार्षिक साधरणसभाको उद्घाटन गर्दैैै खनालले भने, ‘त्यसैले कमीकमजोरी सुधार्दै अघि बढ्नुस् भन्न चाहान्छु ।’

सरकार स–साना विषयमा रुमल्लिएको खनालको टिप्पणी छ । ‘सरकार साना विषयमा अल्झिँदा नागरिकमा निराशा बढेको छ,’ उनले भने, ‘नागरिकमा निराशा बढ्नुले कसैलाई पनि राम्रो गर्दैन ।’
कार्यक्रममा नेकपाका स्थायी कमिटी सदस्य युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्यलगायत उपस्थित थिए ।

प्रकाशित समय १०:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु