गृहपृष्ठ ओलीभन्दा प्रचण्ड गतिशील : डा.केसी

ओलीभन्दा प्रचण्ड गतिशील : डा.केसी

राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले प्रधानमन्त्री केपी ओलीभन्दा प्रचण्ड राम्रो र गतिशील नेता भएको बताएका छन् । आइतबार काठमाडौंमा भएको एक कार्यक्रममा उनले भने, ‘अहिलेका नेताहरुमा प्रचण्ड गतिशील छन् । तर, उनको त्यो गतिशिलता हाम्रो लागि प्रयोग भएन । उनकै छोरी र बुहारीको लागि त्यो ‘डाईनामिज्म’ लागु भयो ।’

विश्लेषक केसीले वर्तमान सरकारको ९ महिने कार्यकाल पूर्ण रुपमा असफल भएको दाबी गरे । उनले भने, ‘कामको हिसाबले यो सरकार पूर्ण रुपमा असफल भैसक्यो । निर्वाचन ताका जनतामा गरेका प्रतिबद्धता र वाचाहरु सरकारले पूर्ण रुपमा छोडिसक्यो ।’

प्रकाशित समय १७:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु