गृहपृष्ठ ‘ए’ डिभिजन लिग : संकटाको दोस्रो जित, जावलाखेल पराजित

‘ए’ डिभिजन लिग : संकटाको दोस्रो जित, जावलाखेल पराजित

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगतामा संकटा क्लब विजयी भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा जावलाखेल युथ क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै संकटा विजयी भएको हो ।

संकटाका लागि दुई गोल नै विदेशी खेलाडी सेड्रिक अबाले गरेका हुन् । संकटाको यो दोस्रो जित हो । यसअघि संकटाले सरस्वती युथ क्लबलाई हराएको थियो ।

प्रकाशित समय १५:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु