गृहपृष्ठ नेकपाको सचिवालय बैठक मंसिर ६ मा
नेकपाको सचिवालय बैठक मंसिर ६ मा
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक मंसिर ६ मा बस्ने भएको छ । स्थायी समिति बैठक बोलाउने विषयमा छलफल गर्न सचिवालय बैठक बस्न लागेको हो । झण्डै एक महिनादेखि नबसेको सचिवालय बैठक बिहीबारको लागी बोलाइएको नेकपाले जनाएको छ ।
बैठकमा प्रदेश कमिटीको पूर्णता, जिल्ला कमिटीको गठन, जनसंघठनको एकता, स्थायी समिति बैठक, संसद् तथा सरकारको समिक्षा समेत हुने छ । अध्यक्ष तथा प्रधानमन्त्री ओली अस्वस्थ र शीर्ष नेताको व्यस्तताले बैठक बस्न सकेको थिएन ।
सचिवालयको बैठकले स्थायी कमिटीको बैठकको मिति र कार्यसूची तय गर्ने नेकपाका केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले बताए । तत्कालिन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच गत जेठ ३ गते एकता भएपछि तीन महिनाभित्र सकिने भनिएको तल्लो तहको एकता अहिलेसम्म हुन सकेको छैन ।
प्रकाशित समय १६:५४ बजे

















