गृहपृष्ठ विराटनगरमा नेत्रहीन क्रिकेट प्रतियोगिता
विराटनगरमा नेत्रहीन क्रिकेट प्रतियोगिता
विराटनगरमा नेत्रहीन क्रिकेट प्रतियोगिता हुने भएको छ । नेत्रहीन खेलाडीहरुको क्षमता विकास एवं आत्मबल वढाउने उद्देश्यले विराटनगरमा प्रथम रोनाल्ड म्याकुली कप क्रिकेट प्रतियोगिता–२०१८ हुने भएको हो ।
नेत्रहीन क्रिकेट संघ नेपालको आयोजनामा मंसिर ५ देखि ८ गतेसम्म प्रतियोगिता आयोजना हुने आयोजकले जानकारी दिएको छ । संघले विराटनगरमा सोमबार पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएको हो ।
प्रतियोगितामा म्याग्दी, झापा, बर्दिया जिल्लाका तथा त्रिभुवन आर्मी क्लब द्वन्द्वपीडित घाइते सैनिक गरी चार टिमको सहभागिता रहने छ ।
विराटनगरको सहिद रंगशालामा हुने प्रतियोगितामा प्रथम हुनेलाई २० हजार तथा द्वितीय हुनेलाई १० हजार पुरस्कार प्रदान गरिने छ । प्रतियोगिता सम्पन्न गर्न ७५ हजार रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।
उद्घाटन खेल झापा र बर्दियाबीच हुने जनाइएको छ । दृष्टिविहीनहरुले पनि राम्रो खेल्न सक्छन् र उनीहरु पनि मुलुकका लागि केहि गर्न सक्छन् भन्ने सन्देश दिन पहिलो पटक विराटनगरमा प्रतियोगिताको आयोजना गर्न लागिएको संघका अध्यक्ष पवन घिमिरेले बताए ।
प्रकाशित समय १७:०८ बजे
















