गृहपृष्ठ देउवाकै कारण पार्टी कमजोर : कोइराला

देउवाकै कारण पार्टी कमजोर : कोइराला

नेपाली कांग्रेसकी नेतृ सुजता कोइरालाले सभापति शेरबहादुर देउवाकै कारण पार्टी कमजोर भएको आरोप लगाएकी छिन् । बिहीबार काठमाडौंमा भएको एक साक्षात्कारमा नेतृ कोइरालाले सभापति देउवाले सबैलाई समेटेर निर्णय गर्न नसक्दा पार्टी कमजोर भएको बताएकी हुन् ।

पार्टीमा अराजकता बढेको भन्दै नेतृ कोइरालाले अब महाधिवेशनबाट सबै कमजोरीको अन्त्य हुने बताइन् ।‘सबैलाई मिलाएर निर्णय गर्न नसक्नु सभापति देउवाको कमजोरी हो त्यसलाई उहाँले स्वीकार गर्नु पर्छ ’ उनले भनिनन्, ‘देउवा पूर्णरुपमा असफल भए अब नेतृत्वका लागी नयाँ मोर्चा बनाउँछौं, पार्टीलाई चलाउन सक्षम व्यक्ति धेरै छन् ।’

नेतृ कोइरालाले दुई तिहाइ सरकार असफल भएको बताइन् । कांग्रेसले प्रमुख प्रतिपक्षीको भूमिका राम्रोसँग निर्वाह गर्न नसकेकाले पनि सरकरले गति दिन नसकेकोे बताइन् ।

प्रकाशित समय १७:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु