गृहपृष्ठ सरकारको नौ महिनामा कांग्रेसको नौ प्रश्न
सरकारको नौ महिनामा कांग्रेसको नौ प्रश्न
‘देशमा सरकार छ ? छ भने कहाँ छ ?’
फाइल तस्बिर
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नौ महिनामा सरकार असफल भएको ठहर गरेको छ । बिहीबार कांग्रेसले पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले दुई तिहाइको सरकार नौ महिनामा असफल भएको बताए । प्रवक्ता शर्माले भने, सरकार गठन भएको ९ महिना पुगेपनि ‘नेपाल देशमा सरकार छ ? छ भने कहाँ छ ?’ उनले सरकार आफैं संघीयता असफल बनाउन लागेको आरोप लगाए । प्रवक्ता शर्माले सरकारले नौ महिनामा ९ प्रश्नको जवाफ दिन नसकेको आरोप लगाए ।
कांग्रेसको नौ प्रश्न
(क) लोकतान्त्रिक संस्कृति : लोकतान्त्रिक प्रकृयाको चर्चा मात्रै त्यसको मानक किमार्थ होइन
(ख) राष्ट्रवाद : पुरानो दावी र पछिल्लो स्थितिको तुलना
(ग) संघियता : कम्यूनिष्ट दर्शनले नहिडेको बाटो, असफल तुल्याउने सुनिश्चित षडयन्त्र ?
(घ) सुसासन : नमच्चीने पिङको सय झड्का
(ङ) बजारमूल्य : कम्युनिष्ट सरकार बन्न अघि ०७४ माघ महिनाको बजार मूल्यसँग तुलना गर्दा सहज
(च) शान्ति सुरक्षा : प्रधानमन्त्रीकै निर्वाचन क्षेत्रमा २ को हत्या
(छ) न्यायालय : साझा आस्थाको थलोमा राजनैतिक आस्थाको अतिक्रमण
(ज) संविधानप्रति अपनत्व विस्तार : सत्तालाई बलियो बनाउन वार्गे्निङ्ग चिप्स, प्रगति शुन्य ∕
(झ) समृद्धि यात्रा : विना प्रतिस्पर्धा गेजुवालाई वुढी गण्डकी । निजगढ विमानस्थल कागजमै अलमल, केरुङ–काठमाण्डौं–रक्सौल, रेल चर्चा फायलमा बन्द
पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले कञ्चनपुरी १३ वर्षीया बालिका निर्मला पन्तको परिवारले न्याय पाउने नी नपाउने भन्दै प्रधानमन्त्री ओलीलाई प्रश्न गरे । त्यस्तै कांग्रेसले नेपाल वायुसेवा निगमको वाइड बडी प्रकरणमा घोटालाको आशंका गरेको छ । वाइड बडी प्रकरण छानबिन गर्न कांग्रेसले माग गरेको छ ।
महासमिति वैठकको तयारी तिव्र
कांग्रेसले आगामी मंसिर २८ देखि पुष ३ सम्म काठमाडौमा हुने महासमिति वैठकको तयारी तिव्र भइरहेको जनाएको छ । महासमितिमा प्रस्तुत गर्ने दस्तावेजका विषयमा प्रदेशस्तरय छलफल सकिएको बताए ।
प्रकाशित समय १७:०१ बजे
















