गृहपृष्ठ नेकपा बैठकमा माधव नेपालका स्पष्टिकरण
नेकपा बैठकमा माधव नेपालका स्पष्टिकरण
यो पटक गल्ती भयो अर्काे पटक सोचौंला
नेपाल कम्युनिस्ट पार्टीको जारी बैठकमा नेताहरुले बोल्ने क्रम सकिएको छ । मंसिर २९ गतेदेखि जारी बैठक एक हप्ताभन्दा बढी समय हुँदा समेत सकिएको छैन ।
आईतबार विहानको बैठकमा पूर्वप्रधानमन्त्री माधव नेपालले एसिया प्यासिफिक समिट बारे आफ्नो स्पष्टीकरण दिए । यसअघिका प्रधानमन्त्रीहरुले पनि सम्मान लिएको बताउँदै उनले यसपटक भने आलोचना बढेको बताए ।
नेपालले भने ‘यस पटक मैले जिम्मेवारी लिएको थिँए, मैले जिम्मेवारी निर्वाह गरेको हुँ, आउँदा दिनमा सुधार्ने वा कार्यक्रम नगर्ने विषयमा छलफल गर्नेछौं ।’
फिलिपिन्सबाट आइक्यापका प्रमुख समिटअघि आउँदा सबैले कार्यक्रमममा सहमति जनाएको माधव नेतालको तर्क थियो । उनले पार्टी र सरकारले दिएको पूर्व जिम्मेवारी मात्रै निर्वाह गरेको जनाउँदै आफ्नो बचाउ गरेका थिए । नेता नेपालले समिट नेपालमै हुनुमा विगतदेखिको पृष्ठभूमि खुलाएका थिए ।
आईतबारको बैठकमा अर्का नेता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारको बचाउ गरे । ‘सरकार र पार्टीको आलोचना गरौं तर खुइल्याउने तरिकाले नगरौं,’ ज्ञवालीको भनाई उधृत गर्दै एक नेताले भने ।
स्थायी समिति बैठकमा आईतबार बिहान जवाफ दिन समय अभाव भएका कारण अपराह्न ४ बजे बैठक पुनः बस्ने भएको छ । ४ बजे बस्ने बैठकमा अध्यक्षद्वयले बैठकमा उठेका विषयबारे स्पष्टीकरण दिनेछन् ।
प्रकाशित समय १४:११ बजे
















