गृहपृष्ठ माधव नेपालको दुःखेसो- मलाई क्रिस्चियन धर्मसँग जोडेर प्रचार गरियो
माधव नेपालको दुःखेसो- मलाई क्रिस्चियन धर्मसँग जोडेर प्रचार गरियो

पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधव नेपालले आफूलाई क्रिस्चियन धर्मसँग जोड्ने प्रयास भएको भन्दै गुनासो गरेका छन् । एसिया प्यासिफिक सम्मेलनका क्रममा नेता नेपालको संलग्नतालाई लिएर व्यापक आलोचना भएको थियो । बाहिर मात्र होइन स्वयं नेकपाकै नेताहरूले व्यापक विरोध गर्दा गर्दै पनि एसिया प्यासिफिक समिट सम्पन्न भएको थियो । त्यसमा नेता नेपालको संलग्नता भन्दै आलोचना भइरहँदा उनले यस्तो बताएका हुन् ।
नेपालले आफू ‘सुखी नेपालीः समृद्ध नेपाल’ नेपाल बनाउने सरकारको अभियानलाई सहयोग पुर्याउन उक्त समिटमा सहभागी भएको स्पष्टीकरण दिए । सोमबार संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा उनले यस्तो बताएका हुन् । सांसद दिव्यमणी राजभण्डारीले उक्त विषय बैठकमा प्रवेश गराएका थिए । उक्त विषयले बैठकमा प्रवेश पाएपछि नेता नेपालले आफूले नेपाललाई विश्वमा चिनाउँन समिटमा सहभागी भएको बताएका थिए ।
राजभण्डारी कांग्रेस सांसद हुन् । उनलाई नेता नेपालले समिटमा विपी कोइराला पनि सहभागी भएको जबाफ दिएका थिए । सबै धर्मलाई समान मानेर त्यहाँ गएको उनको स्पष्टोक्ति थियो ।
प्रकाशित समय १५:५४ बजे