गृहपृष्ठ हामी फेरि मिल्छौं– विवेकशील साझा

हामी फेरि मिल्छौं– विवेकशील साझा

rabindra-mishra_newskarobar

विवेकशील साझा पार्टीका संयोज रवीन्द्र मिश्रले आफूहरू फेरि मिल्ने र सशक्त ढंगले अघि बढ्ने दाबी गरेका छन् । पार्टीमा आएको फुटपछि पार्टी केन्द्रीय कार्यालय बखुण्डोलमा शनिबार अयोजित पत्रकार सम्मेलनमा उनले एउटा विन्दुमा पुगेर फेरि मिल्ने बताएका हुन् ।

‘एउटा बिन्दु आउँछ हामी फेरि मिल्छौँ । त्यहाँबाट अझै सशक्त ढंगले जान्छौँ । यो यात्रा कुनै पनि हालतमा रोकिँदैन,’ उनले भने । शुक्रबारमात्रै पार्टी फुटाएर गएका अर्का संयोजक उज्जल थापालगायतका समूहलाई फेरि सँगै मिलेर आउन उनले आग्रह गरे । ‘हामीबीच प्रेम अझै पनि बाँकी छ, कुनै द्वेष छैन,’ उनले भने, ‘आउनुहोस्, सँगै हिँडौँ, संवाद नगरी हुँदैन ।’

उनले आफू कुनै आरोप–प्रत्यारोपमा उत्रिन नचाहेको भन्दै उनले आर्थिक आय–व्ययको सबै विवरण स्पष्ट भएको दाबी गरे । उनले पार्टी फुटपछिको सम्पत्ति बाँडफाडको कुरा प्राविधिक र कानुनी भएको भन्दै त्यसका बारेमा अझ सोधखोज गरेर मिलाउने बताए ।

प्रकाशित समय २०:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु