गृहपृष्ठ कांग्रेसको अवरोधका कारण संसद बैठक स्थगित
कांग्रेसको अवरोधका कारण संसद बैठक स्थगित
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका कारण शुक्रबारको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।
बैठक सुरू हुनासाथ कांग्रेसका सांसदहरू आफ्नो स्थानबाट उठेका थिए । त्यसपछि सभामुख कृष्णबहादुर महराले कांग्रेस सांसद मिनेन्द्र रिजाललाई बोल्न समय दिएका थिए । सो क्रममा रिजालले दुई नेताको नाममा खुलेका अस्पताल, चिकित्सा शिक्षा विधेयक, निर्मला पन्त प्रकरण तथा भेनेजुएला संकटका सम्बन्धमा नेकपा अध्यक्ष प्रचण्डले निकालेको विज्ञप्तीका सम्बन्धमा टिप्पणी गरेका थिए ।
त्यसपिछ कांग्रेसको अवरोधका कारण बैठक स्थगित हुन पुगेको हो । प्रतिनिधिसभाको अर्को बैठक आगामी आइतबार बस्नेछ ।
प्रकाशित समय १४:३८ बजे

















