गृहपृष्ठ प्रदेश पाँचको प्रदेश सभा गठनको एक वर्ष, दिवसका रूपमा मनाइँदै
प्रदेश पाँचको प्रदेश सभा गठनको एक वर्ष, दिवसका रूपमा मनाइँदै
प्रदेश पाँचको प्रदेश सभाको पहिले बैठक बसेको एक वर्ष पूरा भएको छ ।
आज प्रदेश पाँचले प्रदेश सभा दिवसको रुपमा औपचारिक कार्यक्रम गरी मनाउँदै छ । समारोहलाई प्रदेश प्रमुख उमाकान्त झा, मुख्यमन्त्री शंकर पोखरेल र मन्त्रीहरुले सम्बोधन गर्दैछन् ।
कार्यक्रममा प्रदेश सभा दर्पण को लोकार्पण, उत्कृष्ट कर्मचारी तथा मर्यादापालकलाई पुरस्कार प्रदान गर्ने कार्यक्रम समेत रहेको छ । गत वर्ष माघ २१ गते प्रदेश सभाको पहिलो बैठक बसेको थियो । पहिलो बैठक २८ घण्टा, ३३ मिनेट २० सेकेण्ड बसेको थियो । गत असार २४ गतेसम्म पहिलो अधिवेशन चलेको थियो ।
दोस्रो अधिवेसन मङ्सिर २६ गतेबाट सुरु भएको छ । जुन १३ घण्टा, ३२ मिनेट बसेको थियो जसमा जम्मा १३ बैठक सम्पन्न भएका थिए ।
प्रकाशित समय ०८:३० बजे
















