गृहपृष्ठ नख्खु विस्फोटमा विप्लव समूहको संलग्नता : गृहमन्त्री थापा

नख्खु विस्फोटमा विप्लव समूहको संलग्नता : गृहमन्त्री थापा

rambahadur-thapa

गृहमन्त्री रामबहादुर थापाले शुक्रबार ललितपुरको नख्खुमा भएको बम विस्फोटमा विप्लव समूहको संलग्नता देखिएको खुलासा गरेका छन् ।

संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री थापाले एनसेल कार्यालय अगाडी एक जनाको ज्यान नै जानेगरी भएको विस्फोटमा विप्लव समूहको संलग्नता रहेको बताएका हुन् ।

गृहमन्त्री थापाले भने ‘समानान्तर सरकार चलाउने गरी अगाडि बढेको नेकपा विप्लव समूहले घटना घटाएको सूचना प्राप्त भएको छ ।’ थापाले विगतमा उन्मुत्ति दिँदा संविधान विरोधी तत्व हौसिएको बताए । उनले नख्खुलगायत शुक्रबार देशभर भएका घटनाका विषयमा समितिमा जानकारी दिएका थिए ।

उनले नेत्रविक्रम चन्द संयोजक रहेको समूहको पछिल्ला गतिविधिका सूचना सरकारले प्राप्त गरेको बताए । चैतमा हुने लगानी सम्मेलनलाई लक्षित गरेर विस्फोट गराएको गृहमन्त्री थापाको दावी छ ।

समितिमा गृहमन्त्री थापाले शान्ति सुरक्षा सुदृढ गर्न ठोस कार्ययोजना बनाउने प्रतिबद्धता जनाएका छन् ।

प्रकाशित समय १४:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु