गृहपृष्ठ माइतीघरमा प्रदर्शन : ‘नेकपाको सत्ता, चिकित्सा ऐन बेपत्ता !’
माइतीघरमा प्रदर्शन : ‘नेकपाको सत्ता, चिकित्सा ऐन बेपत्ता !’

शनिबार पनि काठमाडाैंको माइतीघर मण्डलामा सरकारविरुद्ध प्रदर्शन भएको छ । डाक्टर गोविन्द केसीका समर्थकले ‘नेकपाको सत्ता, चिकित्सा ऐन बेपत्ता !’ जस्ता नारा लेखिएका प्लेकार्ड सहित प्रदर्शन गरेका हुन् ।
चिकित्सा क्षेत्रमा सुधार ल्याउनुपर्ने मागसहित जुम्लामा आमरण अनसन बसिरहेका डाक्टर गोविन्द केसीको माग पूरा गर्न सरकारलाई दबाब दिनका लागि शनिबार माइतीघरमा प्रदर्शन गरिएको हो ।
डाक्टर केसीका समर्थमा उत्रेका प्रदर्शनकारीहरुले नेकपाको सत्ता, चिकित्सा ऐन बेपत्ता, नागरिक स्वतन्त्रता खोस्न पाइँदैन, निशेधित क्षेत्र घोषणा अवज्ञा गर्छौं, ओली सरकार खबरदार : मौलिक हकमा किन प्रहार, ओली सरकारको मिसन : सिटामोलमा कमिसन जस्ता नारा लगाउँदै सरकारका क्रियाकलापको विरोध गरेका छन् ।
जुम्लामा अनसनरत केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि सदनदेखि सडकसम्म उनको पक्षमा प्रदर्शन भएको छ । केसीका माग पुरा गर्नुपर्ने भन्दै सरकारलाई प्रमुख प्रतिपक्षी कांग्रेस, विकेकशिल साझालगायतका पार्टीले दबाब दिँदै आएका छन् ।
प्रकाशित समय १५:५६ बजे