गृहपृष्ठ यौन दुर्व्यवहारको आरोपमा गोरखा सैनिकलाई साढे दुई वर्ष कैद

यौन दुर्व्यवहारको आरोपमा गोरखा सैनिकलाई साढे दुई वर्ष कैद

सांकेतिक तस्बिर

बेलायती गोरखा सेनामा कार्यरत एक सैनिकलाई साथीको छोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा अदालतले साढे दुई वर्ष जेल सजाय सुनाएको छ । बेलायतको स्विइन्डेन एडभर्टाइज नामक पत्रिकाले ४४ वर्षीय विनोद राईलाई ब्रिस्टोल क्राउन कोटले सजाय सुनाएको उल्लेख गरेको छ ।

राईले साथीको छोरीलाई यौन दुर्व्यवहार गरेको आरोप अदालतसमक्ष स्वीकारेका भने थिएनन् । गत वर्षको १९ जुलाइमा आफ्ना बच्चाहरू स्थानीय रेल स्टेसनबाट घर ल्याउने क्रममा उनीहरूसँगै १३ वर्षभन्दा सानो उमेरमात्र उल्लेख गरिएकी ती बालिकालाई पनि साथमा ल्याएका थिए ।

आफ्ना बच्चाहरू घरमा ल्याएर छाडेपछि राई आफ्नो सिटबाट उठेर कहिलेकाहीँ मात्र खोलिने गाडीको ढोका खोलेर बालिकालाई गाडीको सिटमा ढल्केर बस्न भनी उनको वक्षस्थल छोएको उल्लेख छ । बालिकाका अभिभावकले राईसँगै आफ्नो बच्चालाई घरमा ल्याइदिन अनुमतिसमेत नदिएको बताएका छन् ।

घटना योजनाबद्ध नभए पनि राईले गरेको काममा खराब नियत देखिएको न्यायाधीशले उल्लेख गरेका छन् । राईको यस घटनाअघि चरित्र राम्रो रहेको र देशका लागि काम गरे पनि यसले गर्दा आफ्नो पद र बस्दै आएको घर गुमेको छ ।

प्रकाशित समय ०८:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु