गृहपृष्ठ आइएमई लाइफ चौथो वर्षमा, बिमा सचेतना बढाउने प्रतिबद्धता

आइएमई लाइफ चौथो वर्षमा, बिमा सचेतना बढाउने प्रतिबद्धता

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले चौथो वर्ष प्रवेशको अवसरमा बिमा जनचेतना बढाउने प्रतिबद्धता जनाएको छ । कम्पनीले वार्षिकोत्सवको अवसरमा औपचारिक कार्यक्रम भने गरेन । वार्षिकोत्सवका अवसरमा कम्पनीका सहायक महाप्रबन्धक देनेश अमात्यले बिमा सचेतनाको माध्यमबाट बिमा व्यवसायलाई समृद्ध बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

२०७४ भदौ १ गतेबाट औपचारिक कारोबार सुरु गरेको हाल एक अर्ब ४० करोड चुक्ता पुँजी छ । कम्पनीले छिट्टै आईपिओ निष्कासन गरी चुक्ता पुँजी दुई अर्ब पु‑याउने जनाएको छ । बिमा समितिको निर्देशनअनुसार जीवन बिमा कम्पनीहरूले न्यूनतम २ अर्ब चुक्ता पुँजी पु‑याउनुपर्छ ।

चौथो त्रैमासिक वित्तीय विवरणअनुसार आइएमई लाइफको बिमा कोषमा एक अर्ब ४६ करोड जम्मा भइसकेको छ । कम्पनीले गत वर्ष ५४ प्रतिशत बजार विस्तार गरेको वित्तीय विवरणमा उल्लेख छ । कम्पनीले कुल बिमा शुल्क २ अर्ब ८५ करोड संकलन गरेको छ ।

आइएमई लाइफ चौथो वर्ष प्रवश गरेको अवसरमा सञ्चालक समिति अध्यक्ष डा. रामहरि अर्यालले विषम परिस्थितिका बाबजुद ग्राहक र अभिकर्तालाई उच्च प्राथमिकतामा राखी नियमित सुविधा उपलब्ध गराउँदै आएको बताए । कम्पनीले हाल १०३ शाखा सञ्जालमार्फत बिमा सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित समय ०९:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु