गृहपृष्ठ ‘ल्याब’ सञ्चालक समिति गठन
‘ल्याब’ सञ्चालक समिति गठन
विषादी अन्वेशषण द्रुत विश्लेषण ईकाई(ल्याब)मा सञ्चालक समिति गठन गरिएको छ । बुटवल कृषि उपज थोक बजार केन्द्रमा रहेको उक्त विषादी परिक्षण ल्याब कार्यविधि आएपनि सञ्चालक समिति गठन हुन नसकेको थिए ।
आईतबार विषादी द्रुत विश्लेषण कार्यक्रम सञ्चालन कार्यविधि २०७१ को संसोधित मापदण्ड, २०७४ अनुसार सञ्चालक समिति गठन गरिएको हो । आईतबार बसेको पहिलो बैठकबाट कार्यविधिमा उल्लेखित पदेन मापदण्ड अनुसार बुटवल उपमहानरपालिका कृषि विकास महाशाखाका बरिष्ठ कृषि विकास अधिकृत भिमनाथ शर्माको अध्यक्षतमा सञ्चालक समिति गठन गरिएको हो । जसको सदस्यमा क्षेत्रीय बाली संरक्षण प्रयोगशालाका बरिष्ठ बालि संरक्षण अधिकृत रहने व्यवस्था छ ।
यस्तै अन्य सदस्यहरुमा थोक बजार सञ्चालक समितिका अध्यक्ष कलाधर पन्थी, ईलाका प्रशासन कार्यालय बुटवलका शाखा अधिकृत ध्रुबप्रसाद नेपाल, विषादी व्यवसायी प्रतिनिधि फन नारायण ढकाल, उपभोक्ता हित संरक्षण समितिबाट नर्वु लामा, जनप्रतिनिधिबाट बुटवल–६ का वडा अध्यक्ष जगदिश चन्द्र आचार्य, क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयबाट खाद्या अधिकृत आनन्द डंगोल सदस्य रहेका छन् । यस्तै सदस्य सचिवमा दत्र विश्लेषण प्रयोगशाला ईकाईका प्रमुख राम बहादुर खत्री रहेका छन् ।
प्रकाशित समय १६:१८ बजे
















