गृहपृष्ठ पाँच वर्षपछि एउटा कम्युनिष्ट पार्टी : भट्टराई

पाँच वर्षपछि एउटा कम्युनिष्ट पार्टी : भट्टराई

प्रेस चौतारी झापाले शनिबार बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेकपाका नेता योगेश भट्टाराई । तस्बिर : सन्तोष शर्मा, बनियानी(झापा), रासस

 

नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य योगेश भट्टाराईले पाँच वर्षपछि नेपालमा एउटा मात्र कम्युनिष्ट पार्टी हुने बताएका छन् । प्रेस चौतारी नेपालले शनिबकार बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘कम्युनिष्ट पार्टी विभाजनको इतिहासबाट एकताको मार्गमा अग्रसर भएको छ’ नेता भट्टराईले भने, ‘अबको पाँच वर्षपछि नेपालमा एउटा मात्र कम्युनिष्ट पार्टी हुनेछ ।’ दुई ठूला कम्युनिष्ट पार्टी एक भइसकेकाले अब साना कम्युनिष्ट पार्टीलाई पनि एकताको मूलधारमा ल्याइने बताउँदै उनले साना दलसँग मिल्नुको विकल्प नरहेको जिकीर गरे । समानुपातिकबाट तीन प्रतिशत र प्रत्यक्षबाट एउटा सिट जित्ने दलले मात्र राष्ट्रिय दलको मान्यता पाउनसक्ने संवैधानिक व्यवस्था रहेकाले उल्लेख गर्दै भट्टराईले साना दललाई मिल्नुको विकल्प नरहेको बताए ।

‘अब नेपालको राजनीति वामपन्थी र गैरवामपन्थी कित्तामा विभाजन हुन्छ’ उनले भने, ‘मुलुकको राजनीति अब सही दिशामा जाँदैछ, स्वस्थ प्रतिस्पर्धा हुन्छ ।’ नेता भट्टराईले चुनावसँगै ७० वर्षदेखिको राजनीतिक अस्थिरताको अन्त्य भएको दावीगर्दै यो अवस्था अब एक शताब्दीसम्म रहने जिकिर गरे । सरकारले ल्याएको बजेट विकासमुखी भएको दावी गरेका उनले सरकारले ७० वर्षभन्दा बढी उमेरका ज्येष्ठ नागरिकको एक लाख सम्मको बीमा गर्ने योजना ल्याएको जानकारी दिए ।

नेता भट्टराईले सरकार पाँच वर्षभित्र प्रतिव्यक्ति आय दोब्बर बनाउने, आर्थिक वृद्धि दर दुई अंकमा पु¥याउने गृहकार्यमा लागेको चर्चागर्दै नेपालले अन्तर्राष्ट्रिय मञ्चमा भारत र चीनसँग समान सम्बन्ध राख्ने बताए । अबको तीन महिनाभित्र केन्द्रदेखि जिल्लासम्म सबै जनवर्गीय संगठनबीच एकता भइसक्ने बताउँदै उनले सातै प्रदेशमा एकता गर्न कार्यदल बनिसकेको जानकारी दिए ।
(रासस)

प्रकाशित समय १२:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु