गृहपृष्ठ आजबाट मतदाता नामावली दर्ता सुरु

आजबाट मतदाता नामावली दर्ता सुरु

सोमबारसम्म १८ वर्ष पुगेकाले आफ्नो नाम दर्ता गर्न सक्ने

election_commission_newskarobar

निर्वाचन आयोगले अाजदेखि नयाँ मतदाता नामावली दर्ता शुरु गर्ने भएको छ । निर्वाचन आयोगले हरेक वर्ष नयाँ मतदाताहरुलाई मताधिकार दिनका लागि निर्वाचन आयोगले मंगलबारदेखी सबै जिल्लाहरुमा मतदाता नामावली संकलन शुरु गरेको छ ।

निर्वाचन आयोगले वालिग मतदाताहरुलाई आफ्नो जिल्लास्थित निर्वाचन कार्यालयमा उपस्थित भएर आफ्नो नामावली दर्ता गराउन आव्हान गरेको छ । आयोगका आयुक्त सुधिरकुमार शाहका अनुसार निर्वाचन आयोगले सरकारले निर्वाचन तोकेको समयमा तत्काल निर्वाचन गर्दा कुनैपनि मतदाता बञ्चित नहुन भन्ने उद्देश्यले सबै जिल्लाका निर्वाचन कार्यालयमा नाम दर्ताका लागि खुल्ला गरिएको जानकारी दिए ।

आजबाट मुलुकका ७७ वटै जिल्लामा नयाँ मतदाता नामावली दर्ता अभियान सुरु गर्न लागिएको आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले जानकारी दिए । उनकाअनुसार अघिल्लो निर्वाचनमा उमेर पुगेरपनि मतदाता नामावलीमा नाम छुट भएका तथा त्यपछि उमेर पुगेका मतदाताले नाम दर्ता गर्न सक्नेछन् ।

आयोगका अनुसार सोमबारसम्म १८ वर्ष पुगेका व्यक्तिले आफ्नो नाम मतदाता नामावलीमा दर्ता गर्न सक्नेछन् ।

प्रकाशित समय ०८:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु