गृहपृष्ठ प्रदेश २ का राज्यमन्त्रीसहित तीन जनप्रतिनिधिलाई पक्राउ गर्न आदेश

प्रदेश २ का राज्यमन्त्रीसहित तीन जनप्रतिनिधिलाई पक्राउ गर्न आदेश

abhiram sharma राज्यमन्त्री अभिराम शर्मा

उच्च अदालत जनकपुरले प्रदेश नम्बर २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, प्रदेशसभा सदस्य कौशलकुमार यादव र जलेश्वर नगरपालिकाका प्रमुख रामशंकर मिश्रलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय महोत्तरीको नाममा परमादेश जारी गरेको छ । मधेस आन्दोलनका क्रममा घाइते भएपछि एम्बुलेन्समा राखी जनकपुर ल्याउँदै गरेका बेला सशस्त्र पहरी बलका प्रहरी सहायक निरीक्षक थमन विकलाई एम्बुलेन्सबाट झिकेर हत्या गरेको अभियोग लागेका उनीहरुलाई पक्राउ गर्न उच्च अदालतले परमादेश जारी गरेको हो ।

उच्च अदालतले पठाएको परमादेश जिल्ला प्रहरी कार्यालय महोत्तरीमा शुक्रबार दर्ता भएको जिल्ला अदालत महोत्तरीका श्रेस्तेदार रामानन्द अधिकारीले जानकारी दिए । साउन १५ गते सशस्त्र प्रहरी निरीक्षक विकको हत्याका अभियुक्त फरार प्रतिवादीहरूलाई अविलम्ब पक्राउ गर्न पत्र पठाइएको उच्च अदालत जनकपुरका रजिस्ट्रार मानबहादुर कार्कीले बताए ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुवेर कडायतले भने अहिलेसम्म यसबारे आफूलाई जानकारी नभएको बताए । ‘हामी कहाँ आधिकारिक रुपमा शुक्रबार अढाइ बजेसम्म पत्र आएको छैन,’ उनले भने, ‘पत्र आएपछि अन्य प्रक्रिया अघि बढ्छ ।’ घटनाका तीनैजना अभियुक्त स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको चुनावमा प्रत्यक्ष निर्वाचित जनप्रतिनिधि हुन् ।

प्रकाशित समय १६:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु