गृहपृष्ठ प्रदेश ७ मा नेकपा एकताको खाका तयार

प्रदेश ७ मा नेकपा एकताको खाका तयार

पाँच जिल्लामा तत्कालिन एमालेले र चार जिल्लामा माओवादी केन्द्रले नेतृत्व पाउने

दुई वामपन्थी पार्टीबीच एकीकरण भएर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सात नम्बर प्रदेशमा एकता प्रक्रियालाई अन्तिम रुप दिएको छ । नेकपाले प्रदेशका सबै तहका संगठन इकाईहरुलाई पूर्णता दिने कार्य तीव्र बनाएको छ ।

प्रदेशका अधिकांश जिल्लामा एकताको खाका तयार भएको नेकपाले जाएको छ । एकताका लागि नेकपाका स्थायी समिति सदस्य भीमबहादुर रावल र लेखराज भट्ट, केन्द्रीय सदस्य कर्णबहादुर थापा र लक्ष्मणदत्त जोशी सहितका नेताहरु लागिपरेका छन् ।

एकताको खाका अनुसार सात नम्बर प्रदेशका नौं मध्ये पाँच जिल्लामा तत्कालिन नेकपा (एमाले) पक्षले र चार जिल्लामा तत्कालिन माओवादी केन्द्र पक्षले नेतृत्व पाउने भएका छन् ।

नेकपा स्रोतका अनुसार कैलाली, डोटी, अछाम, बाजुरा र बैतडीमा तत्कालिन एमाले र कञ्चनपुर, डडेलधुरा, दार्चुला र बझाङमा माओवादी केन्द्र पक्षले नेतृत्व लिने छन् ।

कैलालीमा एमालेका पुराना नेता दिनेशचन्द्र सुवेदी, डोटीमा चक्रबहादुर मल्ल र बैतडीमा सुरेन्द्र पाल नेकपाका जिल्ला अध्यक्षका दावेदार हुन् । मल्ल र पाल तत्कालिन एमालेका बहालवाला जिल्ला अध्यक्ष हुन् । अछाममा कृष्णप्रसाद जैसी, बमबहादुर बिसी र कमल तिमिल्सिनाको चर्चा छ ।

त्यस्तै, कञ्चनपुरमा वीरबहादुर थापा पातल , बझाङमा मीनबहादुर कुँवर विश्वास , दार्चुलामा गणेशसिंह खत्री पाबेल र डडेल्धुरा मानसिंह माल (क्रान्ति) अध्यक्ष हुने नेकपा स्रोतले जनाएको छ । बाजुरामा भने अध्यक्ष पदका धेरै आकांक्षी देखिएकाले नेतृत्वको टुंगो लाग्न नसकेको स्रोतले जनाएको छ ।

जिल्ला तथा प्रदेश कमिटिको अन्तिम सूचि तयार गर्न काठमाडांैमा स्थायी समिति सदस्य रावल र भट्ट तथा केन्द्रीय सदस्यहरू सहितका नेताहरूको बैठक बिहिबार बसेको थियो ।
एकताको खाका बनाउन नांै वटै जिल्लाका अगुवा नेता काठमाडौ आएका छन् ।

प्रकाशित समय १२:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु